पोखरा। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट जितको खाता खोलेको छ।
कांग्रेसका ३२ वर्षीय योगेश गौचन ३ हजार ३०७ मत ल्याएर विजयी भएका हुन्। यद्यपि, आधिकारिक घोषणा हुन बाँकी छ।
गौचनका निकटम प्रतिद्वन्द्वीमा एमालेका इन्द्रधारा विष्ट रहे। उनले १ हजार ८०६ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७५९ मतका साथ तेस्रो भए।
पर्यटन र होटल व्यवसायीमा पनि सक्रिय गौचन २०७९ मा ३ हजार ९९६ मत ल्याउँदै विजयी भएका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए।












