IME Life New

सीए सुभाष सापकोटाले नेतृत्व सम्हालेपछि प्रत्येक सूचकमा छलाङ्ग मार्दै यती एयरलाइन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु बजारमा आक्रामक बजारीकरणसँगै यात्रु सेवालाई प्राथमिकतामा पारेको निजी क्षेत्रको वायू सेवा कम्पनी, यती एयरलाइन्सको यात्रुमाझ लोकप्रियता बढ्दै गएको देखिएको छ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले प्रकाशन गरेको प्रेस विज्ञप्ती अनुसार गत आर्थिक वर्ष २०८१।८२ को पहिलो नाै महिनामा यसको यात्रु बहन अनुपात(प्यासेन्जर लोड) ८२ प्रतिशत पुगेको छ। यसअघि आर्थिक वर्ष २०७९।८०(२०२३) यो अनुपात जम्मा ७८ प्रतिशत मात्र रहेको थियो। प्रतिस्पर्धी बुद्ध एयरको यात्रु बहन अनुपात ८४ देखि ८५ प्रतिशत रहेको छ।

Esewa
Crest

भाडामा लिएको एउटा विमान सहित जम्मा ७ वटा विमान रहेको यती एयरलाइन्सले २१ प्रतिशत बजार हिस्सा ओटगेको छ। कुल १८ वटा विमानमार्फत घरेलु र भारतको बनारसका लागि समेत हवाई उडान सेवा दिइरहेको बुद्ध एयरको बजार हिस्सा ६० प्रतिशत छ। गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा यसको टिकट बिक्री १३ प्रतिशतले बढेको छ। यसबाहेक यसको सञ्चाल  आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवको पहिलो नाै महिनामा २९ प्रतिशतले बढेको छ।

इन्फोमेरिक्सका अनुसार, कारोबारमा वृद्धि र सुदृढ वित्तीय अवस्थाका कारण यसको क्रेडिट रेटिङ उल्लेख्यरूपमा सुधार देखिएको छ। दीर्घकालीन ऋणका लागि ‘त्रिपल बीमा माइनस’ रेटिङ र अल्पकालीन ऋणका लागि ‘ए–थ्री’ रेटिङ प्रदान गरेको छ।

इन्फोमेरिक्सले प्रेस विज्ञप्तीमा लेखेको छ, यो मूल्यांकनले आर्थिक वर्ष २०८०।८१ मा एउटा हवाई दुर्घटनापछि कम्पनीको बलियो पुनरुत्थानलाई पनि मनन गरेको छ। ‘ आर्थिक वर्ष २०८१।८२ मा निर्धारित उडान, यात्रुको संख्या र कुल सञ्चालन आयमा भएको बलियो वृद्धि रेटिङका मुख्य आधारका रूपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

चार्टर्ड अकाउण्टेण्ट पृष्ठभूमीबाट आएका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले यती एयरलाइन्सको व्यवस्थापन सम्हालेयता कम्पनीको यात्रु संख्या, कारोबार र नाफा तीनवटै सूचकमा उल्लेख्य सकारात्मक प्रगती देखिएको छ। पोखरामा भएको दुःखद विमान दुर्घटनापछि साख खस्किएको चुनाैतीपूर्ण अवस्थामा नेतृत्व सम्हाल्न पुगेका सापकोटाले रणनीतिकरूपमा यती एयरलाइन्सको लोकप्रियता मात्र बढाएन सबै वित्तीय सूचकमा समेत उल्लेख्य सुधार गर्न सफल भएका छन्।

एशियन लाईफ इन्स्योरेन्सलाई मुख्य साझेदारको रूपमा भित्र्याउन मुख्य भूमिका खेलेका थिए । प्रमुख कार्यकारी अधिकृत सापकोटाले एयरलाइन्सको अनावश्यक खर्च कटाैती, उडान सुरक्षामा उच्च सतर्कता, प्राविधिक तथा पाइलट तालिम लगायतको कामलाई उनले एकसाथ सुधार गर्न सफल भएका छन्।

एशियन लाईफलाई साझेदार बनाएर भित्र्याएपछि दुई वटा विमान थपेको यती एयरलाइन्सको कर, ह्रासकट्टी अघिको नाफा अघिल्लो आव र गत आवमा २६ प्रतिशत पुगेको छ। यसैगरी कर पछिको नाफा मार्जिन गत आवको तेश्रो त्रैमासमा ५.४७ प्रतिशत रहेको इन्फोमेरिक्सले जनाएको छ। अघिल्लो आवमा यस्तो मार्जिन २ प्रतिशत मात्र रहेको थियो।

नाफामा भएको उल्लेख्य वृद्धिकै कारण यती एयरलाइन्समा जम्मा ४६.८२ प्रतिशत शेयर स्वामित्व होल्ड गरेको एशियन लाइफले आव २०८०।८१ मा यसको नाफाबाट ७ करोड ७९ लाख रूपैयाँभन्दा बढी आफ्नो नाफा नोक्सान हिसाबमा देखाएको छ।

यती एयरलाइन्सको कुल ऋण ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ रहेको छ। यो मध्ये २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलर बराबरको दीर्घकालीन ऋणलाई त्रिपल बी माइनस रेटिङ प्रदान गरिएको छ। त्यस्तै ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि यती एयरलाइन्सले ए–थ्री रेटिङ प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS