IME Life New

आइपीओ ल्याउन लागेको यती एयरलाइन्सले पायो त्रिपल बी माइनस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ ल्याउन लागेको यती एयरलाइन्सले त्रिप बी माइनस इस्युअर रेटिङ पाएको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यती एयरलाइन्सलाई उक्त रेटिङ प्रदान गरेको हो। यस्तो रेटिङ सर्वसाधारणबाट पुँजी संकलन गर्न सार्वजनिक शेयर निष्कासन गर्ने कम्पनीहरुको वित्तीय सबलताको मूल्यांकनका आधारमा प्रदान गरिन्छ। त्रिपल बी माइनस मूल्यांकन भएका कम्पनीहरु वित्तीय दायित्वको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम भएको मानिन्छ।

Esewa
Crest

पछिल्लो समयमा यसको सञ्चालन आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिकको पहिलो ९ महिनामा २९ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ।

इन्फोमेरिक्स नेपालले प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार गत आर्थिक वर्ष २०८१।८२ को पहिलो ९ महिनामा यसको यात्रु बहन अनुपात (प्यासेन्जर लोड) ८२ प्रतिशत पुगेको छ। यसअघि आर्थिक वर्ष २०७९।८० यो अनुपात जम्मा ७८ प्रतिशतमात्र थियो।

भाडामा लिएको एउटा विमानसहित जम्मा ७ वटा विमान रहेको यती एयरलाइन्सले २१ प्रतिशत बजार हिस्सा ओटगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको टिकट बिक्री १३ प्रतिशतले बढेको छ। यसबाहेक इन्फोमेरिक्सले यो मूल्यांकनले आर्थिक वर्ष २०८०।८१ मा एउटा हवाई दुर्घटनापछि कम्पनीको बलियो पुनरुत्थानलाई पनि मनन गरेको छ। ‘आर्थिक वर्ष २०८१।८२ मा निर्धारित उडान, यात्रुको संख्या र कुल सञ्चालन आयमा भएको बलियो वृद्धि रेटिङका मुख्य आधारका रुपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई साझेदार बनाएर भित्र्याएपछि दुईवटा विमान थपेको यती एयरलाइन्सको कर ह्रासकट्टीअघिको नाफा अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा २६ प्रतिशत पुगेको छ। यसैगरी करपछिको नाफा मार्जिन गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५.४७ प्रतिशत रहेको इन्फोमेरिक्सले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन २ प्रतिशतमात्र थियो।

यती एयरलाइन्सले बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधाको लागि गराएको ऋणका लागि त्रिपल बी माइनस रेटिङ पाएको छ । यती एयरलाइन्सले कुल ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ ऋण सुविधामध्ये २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलर बराबरको दीर्घकालीन ऋणलाई त्रिपल बी माइनस रेटिङ प्राप्त पाएको थियो। त्यस्तै ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि यती एयरलाइन्सले ए–थ्री रेटिङ प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS