IME Life New

वर्ष २०८२ः प्राकृतिक प्रकोपसँगै आन्दोलन र हुलदंगाबाट अर्बौंको बीमाकृत सम्पत्ति क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८२ बीमा क्षेत्रका लागि ठूलो चुनौतीपूर्ण रह्यो। विशेषगरी प्राकृतिक प्रकोपसँगै आन्दोलन र हुलदंगाबाट ठूलो बीमाकृत सम्पत्ति क्षति भयो।

गत असोज १८ गतेको भीषण वर्षका कारण सिर्जित बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको थियो। नेपाल बीमा प्राधिकरण असोजको बाढीपहिरोबाट भएको क्षतिको पुस १६ गतेसम्म मात्र अद्यावधिक सूचना जारी गरेको छ। प्राधिकरणका अनुसार बाढीपहिरोबाट ४ अर्ब १९ करोड रुपैयाँको बीमाकृत सम्पत्ति क्षति भएको छ। प्राधिकरण पछिल्लो अद्यावधि सूचना जारी नगर्दा बीमा कम्पनीहरुबाट भएको बीमा दाबी भुक्तानीको यकिन तथ्यांक भने रहेको छैन।

Esewa
Crest

यसैगरी यही वर्ष गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। करिब ७८ जनाले ज्यान गुमाएको यो आन्दोलनमा २३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको बीमाकृत सम्पत्तिमा क्षति पुगेको प्राधिकरणको पछिल्लो तथ्यांकले देखाउँछ। कम्पनी फागुन २९ गतेसम्म ७ अर्ब १ करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको देखिएको छ। यद्यपि, दाबी भुक्तानी रकम अझै बढेको हुन सक्छ।

भूपरिवेष्ठ राष्ट्र र राजनीतिक उथलपुथलले नेपालमा बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ। भौतिक संरचनाको बीमा गर्नुपर्छ भन्ने चेतना अझै धेरै मानिसमा नरहेको देखिन्छ। त्यसैले प्राकृतिक प्रकोप र आन्दोलन तथा हुलदंगाबाट भएका क्षतिमा बीमा नगरिएका ठूलो धनसम्पत्तिमा क्षति पुगेको हुन सक्छ।

नेपालमा अझै पनि सरकारी निकायहरुले नै भौतिक संरचनाको बीमा गरेका छैनन्। जेनजी आन्दोलनपछि तत्कालीन सरकारले केही गाडीको बीमा गरेको छ। यद्यपि, यो पर्याप्त देखिँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS