IME Life New

सर्वसाधारणका लागि वैशाख १६ गतेबाट आइपीओ ल्याउँदै याम्बालिङ हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । याम्बालिङ हाइड्रोपावरले दोस्रो चरणमा सर्वसाधारणका लागि वैशाख १६ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरिसकेको छ। अब कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर छुट्याएर सर्वसाधारणका लागि कम्पनीले आइपीओ ल्याउन लागेको हो।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर जारी गरिनेछ।

सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यो आइपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि हुनेछ। याम्बालिङ हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS