IME Life New

गभर्नरमा पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ।

अधिवक्ता अनन्तराज लुँइटेल, प्रतिभा उप्रेती र विशाल थापाले संयुक्त रुपमा गभर्नरमा पौडेलको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्। उनीहरुले राजनीतिक स्वार्थ भएको व्यक्तिलाई राष्ट्र बैंक ऐनविपरीत पौडेललाई नियुक्त गरेको भन्दै गभर्नर नियुक्ति सिफारिस समिति र सरकारलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

Esewa
Crest

गत जेठ ६ गते मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसअघि पौडेल गभर्नर बन्न अयोग्य रहेको भन्दै परेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको छ। उक्त दरपिठलाई जेठ ६ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सदर गरेको थियो।

त्यसपछि पौडेल गभर्नर बाटो बन्ने खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS