IME Life New

सम्पर्कविहीन बनेको ४३ जना सवार रुसी विमानको भग्नावशेष भेटियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसी उद्धार सेवाहरुले सुदूरपूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट लगभग १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्।

अंगारा एयरलाइन्सको एनएन–२४ विमान ६ जना चालक दलका सदस्यसहित ४३ यात्रु बोकेर चिनियाँ सीमानजिकै ब्लागोभेस्चेन्स्कबाट उडेको थियो। टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट विमान गायब भएको आपतकालीन अधिकारीहरुले बताएका छन्।

Esewa
Crest

अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमान खोज्न सबै आवश्यक स्रोत परिचालन गरिएको बताएका छन्। उनले विमानमा ५ बालबालिका र ६ जना चालक दलका सदस्यसहित ४३ यात्रु रहेको बताएका छन्।

रुसको आपतकालीन मन्त्रालयले एक रुसी हेलिकप्टरले विमानको जलिरहेको भाग देखेको जनाएको छ। रिपोर्टका अनुसार विमान सवार कोही पनि बाँच्ने आशा गरिएको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS