IME Life New

विश्वका बीमकलाई टाउको दुःखाइ बन्दै प्राकृतिक विपत्ति, ६ महिनामै ८४ अर्ब डलरको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका बीमा कम्पनीहरुलाई पछिल्लो समय जलवायु परिवर्तनबाट निम्तिने प्राकृतिक विपत्ति टाउको दुःखाइको विषय बनेको छ।

रिइन्स्योरेन्स गल्लाघेर रिका अनुसार सन् २०२५ पहिलो ६ महिना (जनवरी-जुन)सम्म डढेलो, बाढीपहिरो, आँधीहुरी, भूकम्पजस्ता प्राकृविपत्तिमा बीमा कम्पनीहरुले ८४ अर्ब डलरको क्षति व्यहोर्नुपर्ने देखिएको छ। जुन सन् २०११ को पहिलो ६ महिनामा भएको क्षतिभन्दा बढी हो।

Esewa
Crest

सन् २०२५ को पूरै अवधिमा बीमा क्षति १०० अर्ब डलर नाघ्ने गल्लाघेर रिको अनुमान छ।

यो वर्षको पहिलो ६ महिनामा अनुमान गरिएको बीमा क्षति ८४ अर्ब डलरमध्ये ४० अर्ब डलर अमेरिकामा भएको डढेलोबाट भएको छ। जुन यो वर्षको सुरुआत जनवरीमा दक्षिणी क्यालिफोर्नियामा भएको ठूलो डढेलो रहेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा भएको डढेलो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो हो। यो डढेलोमा हजारौँ भौतिक संरचना ध्वस्त भएका थिए भने लाखौँ मानिस घरबासविहीन भएका थिए।

क्यालिफोर्नियाको सबैभन्दा ठूलो बीमक स्टेट फर्म जनरलले मात्रै उक्त डढेलोबाट भएको क्षतिमा ८ हजार ७०० वटा बीमा दाबी परेको जनाएको छ। जसको कम्पनीले १ अर्ब डलर क्षतिपूर्ति ग्राहकलाई प्रदान गरिसकेको छ।

यो घटनापछि कम्पनीले घरबीमाको शुल्क औसतमा २२ प्रतिशतले बढाउन स्थानीय अधिकारीहरुसँग आग्रह गरेको थियो। यसले क्यालिफोर्नियाका घरधनीहरु थप मारमा पर्ने देखिएको छ।

सन् २०२५ को पहिलो ६ महिनामा गैरअमेरिकी बीमकले मात्रै १० अर्ब डलरको क्षति व्यहोरेका छन्। जुन सन् २००६ को पहिलो ६ महिनायताकै उच्च हो।

गत अप्रिलमा गएको भूकम्पमा म्यानमार र थाइल्यान्डमा ठूलो धनजनको क्षति भएको थियो। जसमा बीमा कम्पनीहरुले १ अर्ब डलरसम्मको क्षतिपूर्ति दिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS