IME Life New

प्राकृतिक विपत्तिबाट विश्वमा बीमांकृत सम्पत्तिको क्षति १४ वर्षयताकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राकृतिक विपत्तिबाट विश्वमा बीमांकृत सम्पत्तिको क्षति १४ वर्षयताकै उच्च देखिएको छ।

सन् २०२५ को पहिलो ६ महिनामा विश्वभर बाढी, पहिरो, आँधी, डढेलो, भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट ८४ अर्ब डलरबराबरको बीमांकृत सम्पत्तिको क्षति भएको गल्लाघेर रिको प्रतिवेदनमा उल्लेख छ। यो क्षति सन् २०११ को पहिलो ६ यताकै उच्च रहेको छ।

Esewa
Crest

प्राकृतिक विपत्तिबाट अघिल्ला १० वर्षको पहिलो ६ महिनामा औसत ५६ अर्ब डलरको बीमांकृत सम्पत्तिको क्षति भएको थियो। धेरैजसो बीमांकृत सम्पत्तिको क्षति अमेरिकामा भएका प्राकृतिक विपत्तिका घटनाबाट भएका छन्।

यो वर्षको पहिलो ६ महिनामा भएका बीमांकृत सम्पत्तिको क्षतिमा ८७ प्रतिशत हिस्सा अमेरिकाको देखिएको छ। गत जनवरीमा अमेरिकाको क्यालिफोर्नियामा भएको डढेलोबाट ४० अर्ब डलरबराबरको बीमांकृत सम्पत्ति क्षति भएको थियो। लगातारको आँधीले करिब ३२ अर्ब डलरबराबरको क्षति भएको थियो।

गत अप्रिलमा म्यानमार र थाइल्यान्डमा विनाशकारी भूकम्प गरेको थियो। जसमा १ अर्ब डलरबराबरको बीमांकृत सम्पत्ति क्षति भएको अनुमान गरिएको छ।

यो वर्षको जुन महिनासम्म १ अर्ब डलर बढीको बीमांकृत सम्पत्ति क्षतिका १४ वटा घटना भएका छन्। तीमध्ये १३ वटा घटना अमेरिकामा र एउटा एसिया प्रशान्त क्षेत्रमा भएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS