IME Life New

ब्वाईफ्रेन्ड-गर्लफ्रेन्डलाई विश्वकै पहिलो ‘रिलेसनसिप इन्स्योरेन्स’, पाँच वर्ष सम्बन्ध टिकेमा १० गुणा रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लभ इन्स्योरेन्स ? हो, विश्वकै पहिलो ‘रिलेसनसिप इन्स्योरेन्स’ले अहिले निकै चर्चा पाइरहेको छ। यो अनलाइन इन्स्योरेन्स प्रडक्ट हो। यो योजना जिकीलभ इन्स्योरेन्स वेबसाइटमा खरिद गर्न सकिन्छ।

हालै उक्त वेबसाइटका एक संस्थापकले ‘रिलेसनसिप इन्स्योरेन्स’का विषयलाई लिएर एउटा भिडियो सार्वजनिक गरेका थिए। अहिले यो भिडियो भाइरल भइरहेको छ।

Esewa
Crest

भिडियोमा रिलेसनसिप इन्स्योरेन्स लिने ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डको सम्बन्ध लामो समयसम्म चल्ने दाबी पनि गरिएको छ। जिकीलभका अनुसार यदि प्रेम सम्बन्धमा रहेका कुनै जोडीले यो इन्स्योरेन्स पोलिसी लिएरमा उनीहरुको सम्बन्ध लामो समयसम्म टिक्नेछ। प्रेमिल जोडीले ५ वर्षको इन्स्योरेन्स पोलिसी लिनुपर्ने र हरेक वर्ष प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ।

यदि यो पोलिसी लिएका जोडीको सम्बन्ध ५ वर्षसम्म टिक्यो वा ५ वर्षपछि विवाह गर्छन् भने जिकीलभले जम्मा भएको धनराशिको १० गुणा पैसा दिइने जनाएको छ। तर, यदि ब्रेकअप भयो भने एक रुपैयाँ पनि नपाउने जिकीलभले स्पष्ट पारेको छ। जिकीलभले यसलाई जीवनका अनुभव र भावनात्मक सबकका रुपमा उल्लेख गरेको छ।

जिकीलभले यो इन्स्योरेन्स पोलिसी इन्स्टग्राममार्फत घोषणा गरेको थियो। ‘पेस छ जिकीलभ इन्स्योरेन्स। पहिलो बीमा योजना जसले तपाइँको सम्बन्धलाई बफादारिताका लागि पैसा दिन्छ’, इन्स्टग्राममा जिकीलभले लेखेको छ, ‘आजकल ब्रेकअप सामान्य कुरा भइसकेको छ। तर, हामी यसमा बदलवा ल्याउन चाहन्छौँ । पाँच वर्षसम्म हरेक वर्ष प्रिमियम दिनुहोस् र यदि तपाइँ आफ्नो पार्टनरसँग विवाह गर्नुहुन्छ भने हामी १० गुणा पैसा दिनेछौँ । यदि ब्रेकअप भयो भने एक रुपैयाँ पनि दिँदैनौँ।’

जिकीलभको यो रिलेसनसिप इन्स्योरेन्सलाई लिएर अहिले सामाजिक सञ्जालमा थुप्रै कमेन्ट आइरहेका छन्। केही यो योजनालाई गज्जब भनेका छनु भने केही यो भावनात्मक सम्बन्धमाथि सट्टेबाजी भनेका छन्।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्–‘यो त अहिलेसम्मकै सबै राम्रो लगानी योजना हो।’

अर्का प्रयोगकर्ताले ठट्यौली पारामा लेखका छन्–‘विवाह गरेर पुरस्कार लिऔँ अनि पैसा बाँडेर सम्बन्ध तोडौँ।’

त्यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्–‘यो पोलिसी ल्याउनेहरु भविष्यमा गएर ठूला बिजनेसम्यान बन्नेछन्।’

एक रिलेसनसिप एक्सपर्टले कमेन्ट गरेका छन्– ‘मैले मेरो जीवनमा यस्तो गेम–चेन्जिङ प्रडक्ट पहिले कहिले पनि देखेको थिइनँ। यो भविष्यको सूत्राधार हो।’

यो इन्स्योरेन्स पोलिसी युवा–युवतीबीचको मायालाई अझ मजबुत बनाउन ल्याइएको हो कि एउटा नयाँ बिजनेस आइडिया मात्र हो, त्यो समयले बताउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%
happy

खुसी

0%
sad

दु :खी

65%
amazed

अचम्मित

15%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS