IME Life New

विश्वकै पहिलो 6G चिप तयार, इन्टरनेटको गति ५ हजार गुणाले बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले विश्वको पहिलो 6G चिप विकास गरेको छ। जसले दुर्गम क्षेत्रमा पनि उच्च गतिको इन्टरनेट प्रदान गर्नेछ।

मिडिया रिपोर्टका अनुसार 6G चिपले हालको इन्टरनेट गतिको तुलनामा ५ हजार गुणा छिटो इन्टरनेट गति प्रदान गर्नेछ। यसले उच्च गतिको इन्टरनेट अझै नपुगवेको ग्रामीण क्षेत्रलाई पनि फाइदा पुर्याउनेछ।

Esewa
Crest

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ अनुसन्धानकर्ताले बेइजिङको पेकिङ विश्वविद्यालय र हङकङको सिटी युनिभर्सिटीका अनुसन्धानकर्तासँगको सहकार्यमा यो चिपसेट विकास गरेका छन्। यसलाई अल फ्रिक्वेन्सी 6G समाधानका रुपमा वर्णन गरिएको छ। जसले मोबाइलको गति धेरै गुणा बढाउन सक्छ।

चिनियाँ अनुसन्धानकर्ताले विकास गरेको 6G चिपसेटको आकार ११ मिमी X १.७ मिमी छ। यो चिपसेट कम फ्रिक्वेन्सीमा काम गर्न सक्छ। यसले मोबाइल र अन्य उपकरणमा राम्रो गतिसँगै राम्रो कनेक्टिभिटी प्रदान गर्नेछ। 6G चिपसेटको मद्दतले, एक सेकेन्डमा १०० जीबी डाटा स्थानान्तरण गर्न सकिन्छ। यो पूर्ण रुपमा वायरलेस स्पेक्ट्रममा काम गर्नेछ।

उदाहरणका लागि यस 6G चिपसेटको मद्दतले एक सेकेन्डमा ५०जीबी एचडी ८के चलचित्र ट्रान्सफर गर्न सकिन्छ। यो गति सहरी र ग्रामीण दुवै क्षेत्रमा उपलब्ध हुनेछ।

कम्प्युटर, मोबाइल वा कुनै पनि इलेक्ट्रोनिक उपकरणका लागि चिपसेट त्यति नै महत्वपूर्ण छ जति मानिसको लागि मस्तिष्क हो। चिपसेटले वास्तवमा मेमोरी, स्टोरेज, ग्राफिक्स र अन्य हार्डवेयरबीचको सञ्चार सिर्जना गर्दछ।

5G र 6Gका फाइदाहरुका बाबजुद यी प्रविधि पनि आलोचनाको सामना गरिरहेका छन्। धेरै विज्ञ विश्वास गर्छन् कि 6Gमा उच्च फ्रिक्वेन्सी ब्यान्डहरुको प्रयोगका कारणले विद्युत चुम्बकीय विकिरण पनि बढ्न सक्छ। यसले मानव स्वास्थ्यलाई जोखिममा पार्न सक्छ।

यसका साथै धेरै उपकरण एकैसाथ जडान हुने भएकाले साइबर खतरा पनि बढ्न सक्छन्। डेटा गोपनीयताका बारेमा पनि प्रश्नहरु उठाइँदैछन्।

जहाँ अवस्थित 5G वायरलेस प्रविधिले सीमित फ्रिक्वेन्सी दायरामा काम गर्छ। यो नवीनतम विकसित 6G चिपले ११ एमएम X १.७ एमएमको कम्प्याक्ट चिपमा सम्पूर्ण स्पेक्ट्रम ०.५ जीएचजेडबाट ११५ जीएचजेडमा ल्याउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS