IME Life New

विश्वका १० शक्तिशाली सेनाः दुवै छिमेकी मुलुक टप १० भित्र पर्दा शीर्ष स्थानमा कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शत्रुहरुको विश्वव्यापी खतरा र क्षमतालाई ध्यानमा राख्दै हरेक देशले आफ्नो सैन्य शक्तिलाई बलियो बनाउँदैछन्। यो सूचीमा अमेरिकादेखि चीन र रुसदेखि युक्रेनसम्म हरेक देश समावेश छन्। यस्तो अवस्थामा जान्नुहोस् कुन देशमा विश्वका शीर्ष १० सबैभन्दा शक्तिशाली सेना छन्।

संयुक्त राज्य अमेरिका

Esewa
Crest

संयुक्त राज्य अमेरिकासँग संसारको सबैभन्दा शक्तिशाली सेना छ। यो देशले विश्वमा रक्षामा सबैभन्दा धेरै खर्च गर्छ। यसको उन्नत सैन्य प्रविधि, आणविक हतियार र शक्तिशाली नौसेनारवायु सेनाले यसको शक्तिलाई अझ बढाउँछ। अमेरिकी सेनाले नेटो देशहरुसहित विश्वका धेरै अन्य देशमा सैन्य अड्डाहरु सञ्चालन गर्दछ।

रुस

रुससँग विश्वको दोस्रो सबैभन्दा शक्तिशाली सेना छ। योसँग विश्वको सबैभन्दा ठूलो आणविक हतियारको भण्डार पनि छ। यसबाहेक रुसी नौसेनाको पनडुब्बीहरु विश्वमा आफ्नो शक्तिका लागि प्रसिद्ध छन्। रुसको ट्यांक र मिसाइल क्षमता पनि कसैबाट लुकेको छैन।

चीन

छिमेकी मुलुक चीनसँग विश्वको तेस्रो सबैभन्दा शक्तिशाली सेना छ। चीनले आफ्नो सेनालाई द्रुतगतिमा विस्तार र आधुनिकीकरण गरेको छ। जसले गर्दा यो एसिया र बाहिरको एक प्रमुख शक्ति बनेको छ। नौसेना प्रभुत्व, साइबर युद्ध र क्षेप्यास्त्र क्षमताहरुमा ध्यान केन्द्रित गर्दै जनमुक्ति सेना झन् झन् परिष्कृत हुँदै गइरहेको छ।

भारत

छिमेकी मुलुक भारतसँग विश्वको चौथो सबैभन्दा शक्तिशाली सेना छ। ठूलो जनशक्ति, रक्षा उपकरणको आधुनिकीकरण र रणनीतिक प्रभावका कारण भारत यस सूचीमा शीर्ष देशहरुमध्ये एक हो। पाकिस्तानसँग हालै भएको सैन्य झडपमा भारतले पनि आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। भारत केवल एक आणविक शक्ति राष्ट्र मात्र होइन विश्वको सबैभन्दा उच्च उचाइमा सैन्य अपरेशनको अनुभव भएको सेना पनि हो।

दक्षिण कोरिया

दक्षिण कोरियासँग विश्वको पाँचौँ सबैभन्दा शक्तिशाली सेना छ। यो एसियाली देशले उत्तर कोरियाली खतराहरुको सामना गर्न केन्द्रित प्राविधिक रुपमा उन्नत र उच्च अनुशासित सेना कायम राखेको छ। अमेरिकी समर्थन र बलियो स्वदेशी रक्षा उत्पादनका साथ यो एसियाको शीर्ष सेनाहरुमा पर्छ। यसको शक्ति वायु रक्षा, क्षेप्यास्त्र प्रणाली र नौसेना हुन्।

संयुक्त अधिराज्य

संयुक्त अधिराज्य अर्थात् बेलायतसँग विश्वको छैटौँ सबैभन्दा शक्तिशाली सेना छ। बेलायती सेना आफ्नो व्यावसायिकता, आणविक निवारण र रोयल नेवी र आरएएफमार्फत विश्वव्यापी पहुँचका लागि परिचित छ। यसले क्वीन एलिजाबेथ–क्लास क्यारियर र एफ–३५लडाकु जेटजस्ता उन्नत प्रणालीहरु सञ्चालन गर्दछ। नेटोको सदस्य हुनुले बेलायतको सैन्य शक्तिमा पनि उल्लेखनीय वृद्धि भएको छ।

फ्रान्स

फ्रान्ससँग विश्वको सातौँ सबैभन्दा शक्तिशाली सेना छ। फ्रान्स नेटोको सदस्यमात्र होइन संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो। यो युरोपका दुई आणविक शक्तिहरुमध्ये एक हो। यसबाहेक, फ्रान्सले आणविक शक्तिबाट चल्ने विमान वाहकहरु पनि सञ्चालन गर्दछ। फ्रान्ससँग राफेल जस्ता लडाकु विमानहरु छन्। यसबाहेक यसको हतियारमा विश्वका उत्कृष्ट ब्यालिस्टिक र क्रुज मिसाइलहरु समावेश छन्।

जापान

जापान विश्वको आठौंँ सबैभन्दा शक्तिशाली सेना हो। युद्धमा संवैधानिक प्रतिबन्धका बाबजुद पनि जापानले आफ्नो सैन्य शक्ति द्रुतगतिमा बढाइरहेको छ। खतरालाई ध्यानमा राख्दै जापानले केही महिना अघि आफ्नो सैन्य बजेटमा कीर्तिमानी वृद्धि गरेको छ। यसले मिसाइल रक्षा र समुद्री सुरक्षामा सबैभन्दा बढी लगानी गरेको छ। जापानले आफ्नो घरेलु रक्षा उद्योगलाई पनि बढाउन संयुक्त राज्य अमेरिकासँगको रणनीतिक सम्बन्धमा भर पर्छ।

टर्की

रिसेप तैयप एर्दोगानको कार्यकालमा टर्कीले आफ्नो सैन्य क्षमतामा धेरै वृद्धि गरेको छ। यसले सैन्य ड्रोन मात्र होइन ठूलो मात्रामा युद्धपोत पनि बनाउँछ। टर्की नेटोको सदस्य हो। त्यसैले यसले युरोपेली र अमेरिकी सैन्य प्रविधिमा सजिलै पहुँच पाउँछ। यद्यपि, रुस र चीनसँगको निकटताका कारण हालै नेटोमा टर्कीको स्थिति कमजोर भएको छ।

इटाली

युरोपेली देश इटालीसँग विश्वको १० औँ सबैभन्दा शक्तिशाली सेना छ। इटालियन सेनाले विश्वभर नाटो मिसन र शान्ति स्थापना अभियानमा भाग लिन्छ। इटालीले आफ्नो नौसेना र वायुसेनालाई पनि स्तरोन्नति गरेको छ। इटालीले एयरक्राफ्ट क्यारियर सञ्चालन गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS