IME Life New

६ वर्षअघि पब्लिक लिमिटेडमा रूपान्तरण भएको वर्ल्डलिंकको आइपीओ अझै ३ वर्ष पर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्र प्रवर्द्धित दूरसञ्चार सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले अबको ३ वर्षभित्र सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्ने भएको छ।

वल्र्डलिंकले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रकाशन गरेको विज्ञापनमा अबको ३ वर्षभित्र आइपीओमार्फत सर्वसाधारणबाट पुँजी जुटाउने विषय समावेश गरिएको छ।

Esewa
Crest

नयाँ प्रमुख कार्यकारी अधिकृतको भावी जिम्मेवारीमा अन्य जिम्मेवारीसँगै ३ वर्षको अवधिभित्र आइपीओ निष्कासनको कार्य पूरा गर्नुपर्ने विषय समावेश गरिएको छ। विज्ञापनमा आइपीओ निष्कासन प्रयोजनका लागि इन्भेस्टमेन्ट बैंकर, कानूनी परामर्शदाता, लेखापरीक्षक र अन्य बाह्य परामर्शदातासँग सम्पर्क बिन्दुका रुपमा काम गर्नुपर्ने दायित्व पनि तोकिएको छ।

२०५२ माघ ७ गते प्राइभेट लिमिटेड कम्पनीका रुपमा स्थापित यो कम्पनी २०७६ वैशाख ११ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो।

कम्पनी ऐन, २०६३ को दफा १२ को प्रावधानअनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीका रुपमा सञ्चालन गरिनुपर्ने भएकाले बाध्यकारी प्रावधानका कारण वल्र्डलिंक पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।

वल्र्डलिंकले नेपालमा इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यका लागि हालै इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग २ करोड ९० लाख अमेरिकी डलर लगानीको सम्झौता गरेको छ।

हालसम्म नेपाल टेलिकमबाहेक कुनै पनि इन्टरनेट सेवाप्रदायक तथा एनसेलजस्ता टेलिकम कम्पनीले आइपीओ जारी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS