IME Life New

वर्ल्डलिंकलाई नेटवर्क र डाटा सेन्टरका लागि रू. ३.५८ अर्ब ऋण भित्र्याउने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) लाई वर्ल्डलिंक कम्युनिकेशनलाई १४ मिलियन अमेरिकी डलर(१.९३ अर्ब रूपैयाँ) कर्जा उपलब्ध गराउन कानूनी परामर्शदातृ संस्थाले सुझाव दिएको छ।

विश्व प्रसिद्ध कानूनी परामर्शदातृ भारतीय संस्था, तलवार ठाकुर एण्ड एसोसिएट्स(टीटीएण्डए )ले र नेपाली संस्था पायोनियर ल एशोसिएट्सले यस्तो सुझाव दिएका हुन्।

Esewa
Crest

यसबाहेक, आइएफसीले स्थानीय वाणिज्य बैंक(स्टाण्टर्ड चार्डटर्ड बैंक) लाई वर्ल्डलिंक र डाटा वर्ल्डका लागि ऋण पूँजीमा सहयोग गर्न १२ मिलियन अमेरिकी डलर(१ अर्ब ६५ करोड ८९ लाख रूपैयाँ) सम्मको आंशिक ऋणको प्रत्याभूति प्रदान गर्नेछ।

यसरी दुबै श्रोतबाट वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले कुल ३ अर्ब ५८ करोड रूपैयाँ ऋण सुविधा उपभोग गर्ने बाटो खुला भएको छ।

टिटिएण्डएले प्रकाशन गरेको विज्ञप्ती अनुसार, वर्ल्डलिंक कम्युनिकेसन्स र यसको सहायक कम्पनी डाटा वर्ल्डलाई १४ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९३ करोड ५४ लाख रूपैयाँ बराबरको दीर्घकालीन कर्जा सुविधा प्रदान गर्न सल्लाह दिइएको छ।

टिटिएण्डएका अनुसार, संस्थाको व्यवसायीक साझेदार गौतम साहा र निखिल बहलले टीटीएण्डए टोलीको नेतृत्व गरेका थिए, यसमा प्रबन्ध सहयोगी सिद्धार्थ टन्डन र सहयोगी मानसी मेहताको सहयोग थियो। वरिष्ठ सहयोगी दक्ष मिद्धाले पनि सहयोग गरेका छन्। यसैगरी नेपाली कानूनी परामर्शदातृ संस्था पायोनियर ल एशोसिएट्सले आइएफसीको लागि नेपाल कानूनी परामर्श सेवा प्रदान गरेको थियो।

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो र देशको सबैभन्दा प्रमुख सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो।

अन्तर्राष्ट्रिय विकास संघको निजी क्षेत्र विन्डो स्थानीय मुद्रा सुविधाको सहयोगमा आइएफसीको कर्जा लगानीले नेपालको फाइबर नेटवर्कको विस्तार र देशभर डाटा सेन्टरहरूको विकास योजनालाई समर्थन गर्ने लक्ष्य राखेको छ। यो योजनाको कार्यान्वयनले नेपाली उपभोक्ता माझ डिजिटल खाडललाई कम गर्न र समावेशी विकासलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास टीटीएण्डएको छ।

यसअघि गत असार २३ गते आइएफसी र  स्टाण्टर्ड चार्डटर्ड वर्ल्डलिंक कम्युनिकेशनलाई बैंक फाइबर सञ्जाल बिस्तार गर्न र डाटा सेन्टर स्थापना गर्ने प्रयोजनका लागि  २९ मिलियन(४ अर्ब ९० लाख रूपैयाँ) ऋण लगानी गर्ने सम्बन्धमा सम्झाैता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS