IME Life New

एनपीएल क्रिकेट श्रृंखलाको लोकप्रियतासँगै टिकटको मूल्य पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले आसन्न नेपाल प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेको छ। संघले शुरूवाती ६ दिनको खेलका लागि टिकटको अग्रिम आरक्षण सहित बिहीबारदेखि बिक्री समेत खुल्ला गरेको छ।

क्यानका अनुसार, साधारण टिकटका लागि ५ सय रूपैयाँ र भिआइपी टिकटका लागि १ हजार रूपैयाँ मूल्य तोकिएको छ। गत वर्षको श्रृंखलामा शुरूवाती खेलहरूमा टिकटको मूल्य ३ सय र ७ सय रूपैयाँ तोकिएको थियो। दर्शकले खल्ती मोबाइल एप्सबाट अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतियोगिता अन्तर्गतका खेलहरू मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभूवन विश्वविद्यालयको किर्तीपुरस्थित क्रिकेट रंगशालामा आयोजना हुनेछन् ।

मैदानमा भाैतिक पूर्वाधार निर्माण गरिएपछि पहिले भुइँमा बसेर क्रिकेट हेर्नुपर्ने बाध्यता रहेकोमा अब दर्शकले प्याराफिटमा बसेर क्रिकेट हेर्न पाउने भएका छन्। साथै रातको समयमा समेत प्रतियोगिताको आयोजना गर्नका लागि फ्लड लाइट(शक्तिशाली उज्यालो सहितको बत्ती) समेत जडान गरिएको छ।

प्रतियोगिताका खेलहरू युट्युबमा निःशुल्क लाइभ प्रशारण हेर्न पाएका दर्शकले यस पटक भने युट्युबबाट प्रतियोगिताको प्रशारण नहुने भएकाले शुल्क तिरेर डिस होमको मोबाइल एप्स र सशुल्क टेलिभिजन च्यानलबाट हेर्नुपर्नेछ।

प्रतियोगितामा सात प्रदेशबाट सातवटा र काठमाडाैं उपत्यकाको १ सहित आठवटा क्रिकेट टोलीबीच प्रतियोगिता हुनेछ। यी क्रिकेट टोलीहरूलाई विभिन्न कम्पनी तथा समूहले प्रायोजन गरेर तयार पारेका हुन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका सदस्य खेलाडी सहित विदेशी र अन्तर्राष्ट्रियरूपमा चर्चित खेलाडीहरूको समेत खेल हेर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS