IME Life New

बीमा क्षेत्रमा १००% एफडीआईसँगै बोर्डमा विदेशीको नियुक्तिमा खुकुलो प्रावधान ल्याउँदै भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले बीमा कम्पनीहरुमा १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)सँगै सञ्चालक समिति (बोर्ड) सदस्यमा विदेशी नागरिकको नियुक्तिमा खुकुलो प्रावधान ल्याउने तयारी गरेको छ।

बीमा क्षेत्रमा हालको मौजुदा ७४ प्रतिशत एफडीआई बढाएर १०० प्रतिशत कायम गरेपछि बीमा कम्पनीको बोर्ड सदस्य विदेशी लगानीकर्तालाई नियुक्त गर्न मिल्ने प्रावधान भारत सरकारले ल्याउन लागेको हो। विशेषगरी अमेरिकी सरकार र अमेरिकी बीमा उद्योगको यो एउटा मुख्य माग रहेको छ। हालै भारत भ्रमण गरेका अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) र कोअलिसन अफ सर्भिसेज इन्डस्ट्रिज (सीएसआई) दुवैले यो मुद्दा पठाएका थिए।

Esewa
Crest

भारतका एक वरिष्ठ सरकारी अधिकारीले बीमामा १०० प्रतिशत वैदेशिक लगानी र बोर्ड सदस्यमा विदेशी नागरिकको नियुक्तिसम्बन्धी प्रावधान राखेर बीमा विधेयक तयार गर्ने काम भइसकेको बताए। ‘अब संसदको आगामी मनसुन सत्रमा संशोधित विधेयक पेस हुने सम्भावना छ’, ती अधिकारीले भने।

विदेशी लगानीकर्ताको नियुक्तिसम्बन्धी प्रावधान लचिलो बनाइएको ती अधिकारीको भनाइ छ। ‘यदि कुनै अमेरिकी नागरिक वा कोही विदेशी पेसेवर नेतृत्वको भूमिका निभाउँछ भने हामीलाई आपत्ति छैन’, ती अधिकारीले भने।

विदेशी बीमा कम्पनी पहिले नै बीमा नियामक आईआरडीएआईका माध्यमबाट पूर्ण रुपमा विनियमित छन्। यी बदलाका कारण उनीहरुको कारोबार अथवा संरचनामा कुनै ठूलो प्रभाव नपर्ने ती अधिकारीको भनाइ छ।

बीमा विधेयकमा सुधारको उद्देश्य विदेशी नियन्त्रणको ढोका खोल्ने नभएर नेतृत्वको भूमिकामा वैश्विक भागीदारीको स्वागत गर्नु रहेको भारतीय अधिकारीहरु बताउँछन्। ‘नेतृत्वमा विदेशी नागरिक भएपछि कम्पनीहरु भारतीय पेसेवरमै निर्भर रहनेछन्’, उनीहरुको भनाइ छ।

अमेरिका र बेलायतजस्ता थुप्रै देशमा भारतीय पेसेवर काम गरिरहेका छन्। ‘हामीलाई विश्वास छ बीमा विधेयकमा संशोधनपछि उनीहरु भारत फर्किनेछन्’, ती अधिकारीले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको भारतमा परिचालित विदेशी बीमा कम्पनीमा लगानीको अनुकूल महौल सिर्जना गर्ने हो।’

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बजेट भाषमा बीमा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको सीमा १०० प्रतिशत पुर्याउने घोषणा गरेकी थिइन्। यो सीमा ती कम्पनीहरुका लागि उपलब्ध हुनेछ, जसले पूरै प्रिमियमको लगानी भारतमा गर्नेछन्।

भारतमा वर्ष २०२१ मा बीमा क्षेत्रमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पुर्याइएको थियो। त्यसपछि अब १०० प्रतिशत पुर्याउने तयारी भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS