IME Life New

बीमा प्राधिकरणको निबन्ध प्रतियोगिताका विजेताहरु घोषित (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निबन्ध प्रतियोगिताका विजेताहरु घोषणा गरिएको छ। प्राधिकरणले सातै प्रदेशका विजेताहरुको घोषणा गरेको हो।

प्राधिकरणबाट बीमा सचेतना तथा बीमा प्रवर्द्धन गर्ने उद्देश्यले गत साउन २२ गते सूचना प्रकाशित गरी ‘गरिबी न्यूनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ विषयमा प्रदेशस्तरीय निबन्ध प्रयोगिता आयोजना गरेको थियो।

Esewa
Crest

सोही प्रतियोगितामा विजयी भएकाहरुको नाम प्राधिकरणले सार्वजनिक गरेको छ। प्रतियोगितामा बागमती प्रदेशबाट दिलबहादुर भण्डारी विजयी भएका छन्। उनी भुक्तपुरको ख्वपा कलेज अफ लका विद्यार्थी हुन्।

यसैगरी कोशी प्रदेशबाट धनराज शाह (महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर), मधेश प्रदेशबाट कविता कुमारी यादव (नेसनल एकेडेमी क्याम्पस, वीरगन्ज), गण्डकी प्रदेशबाट कुसुम क्षेत्री (पोखरा विश्वविद्याल, स्कुल अफ बिजनेस, पोखरा), लुम्बिनी प्रदेशबाट निरा अधिकारी (बुटवल कालिका क्याम्पस, बुटवल), कर्णाली प्रदेशबाट ताराकुमारी मल्ल (मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, सुर्खेत) र सुदूरपश्चिम प्रदेशबाट दिव्या पन्त (कैलाली बहुमुखी क्याम्पस, धनगढी) विजयी भएका छन्।

विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार बीमा प्राधिकरणको जेठ १ गते हुने वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिनेछ। बागमती प्रदेशका विजेतालाई प्राधिकरणको केन्द्रीय कार्यालय र अन्य प्रदेशका विजेतालाई प्राधिकरणको सम्बन्धित प्रदेश कार्यालयमा प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS