IME Life New

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट आइतबार, शेयर पर्न भाग्यकै भर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आउँदो आइतबार बाँडफाँट गरिने भएको छ।

धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट हुनेछ। एफपीओ बाँडफाँट कार्यक्रममा बिहान ८ बजे राखिएको नेपाल एसबीआई मर्चेन्टका सूचना अधिकारी अरुण श्रेष्ठले जानकारी दिए।

Esewa
Crest

विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर जारी गरेको थियो।

सीडीएससीको अन्तिम दिनको तथ्यांकअनुसार यो एफपीओमा १९ लाख ७४ हजार ७०९ आवेदकबाट कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन्।

यो एफपीओमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ। मागभन्दा बढी आवेदक परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी ५ हजाुर १२९ आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्।

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS