IME Life New

इरान युद्धले तेलको हाहाकार, रुसी तेलमाथिको प्रतिबन्ध अमेरिकाले हटाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्धले विश्वव्यापी तनाव बढाएको छ र कच्चा तेलमाथि विश्वव्यापी संकट सिर्जना गरेको छ।

युद्धका बीचमा कतार, कुवेत र इराक जस्ता प्रमुख तेल उत्पादक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन्। यसले चिन्ता बढाएको छ। इरानले हर्मुज जलडमरुम (हर्मुज अफ स्ट्रेट)मा गरेको नाकाबन्दीले यसलाई अझ बढाएको छ।

Esewa
Crest

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको अभाव रोक्नका लागि प्रमुख संकेत दिएका छन्। उनले केही देशहरुमाथिको प्रतिबन्ध हटाउँदैछन्। यसले अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध पनि हटाउनेछ कि भनेर अनुमानलाई बढावा दिएको छ।

ट्रम्पले कच्चा तेलको मूल्यमा भएको वृद्धिलाई रोक्न रुसमाथिको तेल प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले अस्थायी रुपमा रुसी तेल प्रतिबन्ध हटाउन सक्छन्। यसमा भनिएको छ कि ट्रम्प प्रशासनले इरानसँगको अमेरिका–इजरायल युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिलाई रोक्न रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेको छ।

फ्लोरिडामा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘ट्रम्प प्रशासनले तेल बजारलाई स्थिर बनाउन प्रयास गरिरहेको छ र यसको एक भागका रुपमा केही देशहरुमाथिको प्रतिबन्ध हटाउँदैछ। हर्मुजको जलडमरुममा शान्ति पुनस्र्थापित नभएसम्म केही देशहरुमाथिको प्रतिबन्ध हटाउँदैछन्। यो कदम मध्यपूर्व युद्धको कारणले तेल आपूर्तिमा अवरोधहरुबीच विश्वव्यापी तेल आपूर्ति बढाउने उद्देश्यले हो। यसले विश्वव्यापी तेलको अभाव नहोस् भन्ने कुरा सुनिश्चित गर्नेछन्।’

मध्यपूर्वमा युद्ध जारी छ। इरान र अमेरिकाले थप युद्धको सम्भावनाका बारेमा एक–अर्कालाई चेतावनी दिएका छन्। इरानले खाडी क्षेत्रमा धेरै आक्रमणहरु गरेको छ। जसमा बहराइनको पेट्रोलियम कम्प्लेक्स अल मा’अमिरमा पनि समावेश छ।

इरानको क्रान्तिकारी गाड्र्स (आईआरजीसी)ले युद्धको अन्त्य सुनिश्चित गर्ने जनाएको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँग सैन्य रुपमा केही बाँकी नभएको बताएका छन्। उनले भने, ‘इरानी नौसेना ध्वस्त भएको छ र सबै कुरा पानीमुनि छ।’

हिजो सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढ्यो। जुन सन् २०२२ पछि पहिलोपटक प्रतिब्यारेल १०० डलर नाघेको छ। यो प्रतिब्यारेल ११५ भन्दा बढी पुगेको थियो। तर, इरान युद्धको बारेमा ट्रम्पको बयानपछि अचानक तीव्र गिरावट देखियो। प्रतिब्यारेल ९१ डलरको आसपास स्थिर भयो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS