IME Life New

शनिबारदेखि नेपाली आकाशमा स्पाइस जेट, के दिल्लीको यात्रा सस्तिएला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बजेट एयरलाइन्स, स्पाइस जेटले दिल्ली काठमाडाैं दुइतर्फी रूटमा शनिबारदेखि हवाई उडान पुनः शुरू गर्दैछ। यो एयरलाइन्सले झण्डै दशक पछि नेपालमा उडान भर्न लागेको हो।

कम्पनीका अनुसार, यो स्पाइसजेटको सफल क्वालिफाइड इन्स्टिच्युशनल प्लेसमेन्ट(क्युआइपि) पछिको पहिलो नयाँ अन्तर्राष्ट्रिय गन्तव्य हो।

Esewa
Crest

स्पाइसजेटका प्रमुख व्यवसाय अधिकृत देबोजो महर्षिले भने, “हामी यस क्षेत्रको सबैभन्दा खोजिने मार्गहरू मध्ये एक, दिल्ली र काठमाडौँ बीच दैनिक नन-स्टप उडानहरू गर्नेछाैं । यो नयाँ मार्ग कनेक्टिभिटी बढाउने र यात्रुलाई थप किफायती र सुविधाजनक उडान विकल्पहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।

स्पाइसजेटको पछिल्लो समयले दुबई र बैंकक जस्ता गन्तव्यहरू समावेश गर्दै आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाएको छ। क्युअाइपि मार्फत भारू ३० अर्ब (४८ अर्ब नेपाली रूपैयाँ) उठाएदेखि, एयरलाइन्सले आफ्नो घरेलु नेटवर्कलाई द्रुत गतिमा विस्तार गरेको छ।

स्पाइसजेटका अनुसार दिल्लीदेखि काठमाडाैंको उडान बिहान ८ः१० बजे(भारतीय समय) मा दिल्लीबाट प्रस्थान गर्ने र ९ः५५ बजे(नेपाली समय)मा काठमाडाैंमा अवतरण गर्नेछ। यसैगरी फिर्ती उडान, बिहान १०:५५ (स्थानीय समय) मा काठमाडौंबाट प्रस्थान गर्नेछ। स्पाइसजेटले यो मार्गमा बोइङ ७३७ विमानबाट उडान भर्नेछ।

बजेट एयरलाइन्स(थोरै सुविधा तर सस्तो भाडा दर) भएकाले यसको उपस्थितिसँगै काठमाडाैं दिल्ली रूटको हवाइ भाडा दर सस्तिने अपेक्षा गरिएको छ। अहिले यो रूटमा नेपाल एयरलाइन्स, इण्डिगो, एयर इण्डियाले उडान भरिरहेको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय थप भएर यात्रुको चाप घटेपनि पछिल्लो समयमा भारतीय वायू सेवा कम्पनीले काठमाडाैं दिल्ली रूटमा १८ देखि २४ हजार रूपैयाँ भाडा लिई रहेका छन् । दिल्ली काठमाडाैं रूटको सस्तो भाडा दर १० हजार रूपैयाँ हाराहारी छ।

स्पाइस जेटले काठमाडाैं दिल्ली मार्गको न्यूनत्तम भाडा दर १९ हजार रूपैयाँ तय गरेको छ। यसैगरी दिल्ली काठमाडाैं मार्गको न्यूनत्तम भाडा दर आधा सस्तो अर्थात रू ९ हजार ३ सय रूपैयाँ मात्र छ।

त्रिभूवन विमानस्थलको धावनमार्ग छेउमा ट्याक्की वे निर्माण र विस्तारको काम शुरू भएसँगै काठमाडाैंबाट उडान अनावश्यक महँगो भएपछि अधिकांश यात्रीहरू झापा भद्रपुरबाट नजिकै बागदोगडा(सिलीगुडी,पश्चिम बंगाल) विमानस्थलबाट दिल्ली र अन्य भारतीय शहरका लागि उडान भर्न रूचाउँछन् । भद्रपुर चन्द्रगढी विमानस्थलबाट यो भारतीय विमानस्थल ४० किलोमिटरको दूरीमा अवस्थित छ।

यसैबीच अागामी जुन महिनादेखि एयर इण्डिय एक्सप्रेसले ब्याङ्गलोर काठमाडाैं रूटमा सिधा हवाइ उडान शुरू गर्ने घोषणा गरेको छ। यो भारतीय वायू सेवा प्रदायकले बोइङ ७३७ म्याक्स एट विमानमार्फत उडान भर्नेछ। १ जुनबाट शुरू हुने यो मार्गमा बैंगलोरबाट बिहान ५ बजे र काठमाडाैंबाट बिहान ९ बजे प्रस्थान गर्ने जानकारी वायूसेवा कम्पनीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS