IME Life New

स्टक ब्रोकरले भनेझैँ वैशाख २ गतेबाटै लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउलान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन नेपालले आउँदो वैशाख २ गतेबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्ने घोषणा गरिसकेको छ।

एसोसिएसनले चैत १७ गते एउटा विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेको थियो। तर, एसोसिएसनले भनेझैँ ब्रोकरहरुबाट सोही मितिबाट लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपभोग गर्न पाउलान् त ?

Esewa
Crest

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईटी प्रमुख एवं वाइको नेपालका प्रतिनिधि अमृत आचार्यले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा मार्जिन कारोबारसम्बन्धी फिचर थप गर्नुपर्ने बताए। ‘त्यसका लागि हामीले काम गरिरहेका छौँ’, उनले भने, ‘ब्रोकरहरुले वैशाख २ गतेबाट मार्जिन कारोबार सुविधा प्रदान गर्ने भन्नुभएको छ। तर, यसका लागि समय लाग्छ।’

आचार्यका अनुसार प्रणाली अपडेट गरेपछि ब्रोकरहरुबाट लगानीकर्ताले वैशाखको ७–८ गतेबाट मार्जिक कारोबार सुविधा उपभोग गर्न पाउने बताए। ‘हाम्रोतर्फ काम भइरहेकोले त्यति समय लाग्ने देखिन्छ’, उनले भने।

त्यसो त नयाँ टीएमएस सञ्चालनमा ल्याएको डीजी हबमा १४ वटा ब्रोकर आबद्ध छन्। डीजी हबले पनि टीएमएममा मार्जिन कारोबार फिचर थपेर हाल परीक्षण गरिरहेको छ। ‘हामीले अहिले यो फिचरको परीक्षण गरिरहेका छौँ’, डीजी हबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेले भने, ‘वैशाख २ गतेबाट यो फिचर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। तर, फुलफेजमा सञ्चालनमा आउन भने केही समय लाग्छ।’

यसअघि नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोेबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ लागू गरेको थियो। त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ जारी गरेको थियो।

त्यसको केही दिनभित्रै ब्रोकर्स एसोसिएसनले पनि मार्जिन काराबार सुविधासम्बन्धी कार्यप्रक्रिया तयार गरेको थियो। आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याएको नासा सेक्युरिटिजले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्न थालिसकेको छन्। बाँकी ब्रोकरले अब छिट्टै यो सुविधा लगानीकर्तालाई प्रदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS