IME Life New

डिजिटल बैंकिङ सेवा किन प्रयोग गर्ने ? के-के कुरामा सावधानी अपनाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा डिजिटल बैंकिङको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले पनि नगदरहित कारोबारलाई निरुत्साहित गर्न डिजिटल बैंकिङ सेवाको प्रयोगलाई बढावा दिँदै आएको छ।

डिजिटल बैंकिङ सेवामार्फत ससाना पसलदेखि ठूलठूला मलसम्म कारोबार गर्न मिल्छ। यसले आममानिसको कारोबार गतिविधिलाई नै परिवर्तन गरेको छ।

Esewa
Crest

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने, आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी गर्न हुने भएकोले कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको समेत बचत हुने गर्दछ।

नेपाल राष्ट्र बैंकले डिजिटल सेवा प्रयोग गर्दा सजग हुन भने सचेत गराएको छ। ‘डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो, सोबारे सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिकै हुन्छ’, केन्द्रीय बैंकले भनेको छ, ‘त्यसैले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानी प्रयोजनलगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS