IME Life New

किन घट्दै छ स्थिर बचतमा आकर्षण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि ‘निश्चिन्त आम्दानी’को प्रतीक मानिएको मुद्दति खातामा आकर्षक कम हुन थालेको छ। बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको अनुपात विगत केही वर्षयता लगातार घट्दो क्रममा छ। जुन परिवर्तनले बैंकिङ प्रणालीमा मौलाउँदै गरेको नयाँ ट्रेन्डलाई देखाएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ जेठ मसान्तसम्म कुल निक्षेप ६९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। तर, त्यसमा मुद्दति निक्षेपको हिस्सा ५०.२ प्रतिशतमा झरेको छ। यो अघिल्लो वर्षको ५८.५ प्रतिशतको तुलनामा उल्लेख्य गिरावट हो। केही वर्षअघि भने यो अंश बढ्दो क्रममा थियो—२०७८ मा ४८.५ प्रतिशत, २०७९ मा ५७.१ प्रतिशत, अनि २०८० मा ५९.८ प्रतिशतसम्म पुगेको थियो।

Esewa
Crest

विगतमा बढ्दो ट्रेन्डमा रहेको मुद्दति निक्षेपको हिस्सा पछिल्ला वर्षहरुमा भने घटेको हो। यस गिरावटको मूल कारण भनेको मुद्दति निक्षेपमा पाइने ब्याजदरमा आएको निरन्तर गिरावट भएको जानकारहरु बताउँछन्। अघिल्ला वर्षहरुमा दोहोरो अंकमा पुग्ने ब्याजदर अहिले अधिकांश बैंकमा एकल अंकमा सीमित भएको छ। यससँगै, बैंकरहरु पनि अहिले तरलता पर्याप्त भएको भन्दै मुद्दतिभन्दा चल्ती र बचत खातातर्फ ध्यान दिनुपर्ने अवस्था आएको बताउन थालेका छन्।

पछिल्लो समय नागरिक मुद्दति खाता तोडेर आफ्नो पुँजी शेयर बजार, म्युचुअल फन्ड जस्ता अन्य लगानी माध्यममा सार्न थालेका छन्। शेयर बजारमा कर्जा लगानी सहज भएपछि, लगानीकर्तालाई मुद्दति खातामा रकम थन्काएर राख्नुभन्दा प्रतिफल पाउने क्षेत्रमा लगानी गर्नु बढी व्यावहारिक देखिएको हो।

अहिले मुद्दति निक्षेपको हिस्सा घट्दै गइरहे पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन्। अहिले मुद्दति खाताबाट रकम झिकिए पनि त्यो बैंकिङ प्रणालीमै अन्य माध्यमबाट फर्किरहेको छ। जसकारण पनि बैंकिङ प्रणालीलाई धेरै दबाब महसुस भइसकेको छैन।

बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत निक्षेपकर्ताहरु भने अझै मुद्दति खातामै टेकेका छन्। ब्याजदर घटे पनि ट्रेजरीजस्ता अल्पकालीन उपकरणमा प्रतिफल घटेपछि उनीहरुले फेरि मुद्दति निक्षेपमा ध्यान दिन थालेका छन्। यद्यपि, उनीहरु पनि अधिकतम एक वर्षसम्मको अवधि मात्र रोजिरहेका छन्। दीर्घकालीन मुद्दतिप्रति आकर्षण भने घटेको छ।

दैनिक आम्दानी गर्ने, थोरै पुँजी बचत गर्न चाहने वर्गका लागि चल्ती र बचत खाता अझै भरपर्दो माध्यम बनेका छन्। २०८२ जेठ मसान्तसम्म बैंकिङ प्रणालीमा बचत खाताको अंश ३६.२ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको २९.१ प्रतिशतको तुलनामा तीव्र वृद्धिदर हो। यसको अर्थ नागरिकहरु सानातिना रकम पनि चलायमान रुपमा राख्ने तरिकातर्फ उन्मुख भइरहेका छन्।

२०७५ सालदेखि २०८२ सालसम्मको डेटा हेर्दा नेपाली नागरिकको बचत गर्ने प्रवृत्तिमा उल्लेखनीय परिवर्तन आएको देखिन्छ। २०७५ मा बचत खाताको हिस्सा ३४.५ प्रतिशत रहेकोमा २०८० मा घटेर २५.६ प्रतिशतमा झरेको थियो। तर, २०८२ मा फेरि तीव्र वृद्धि भएर ३६.२ प्रतिशत पुगेको छ।

यस्तै मुद्दति निक्षेपको अंश २०७५ मा ४५.७ प्रतिशतबाट २०८० मा उच्चतम ५९.८ प्रतिशतसम्म पुगेपछि पुनः घट्दै २०८२ मा ५०.२ प्रतिशतमा झरेको छ।चल्ती खाताको हिस्सा भने क्रमशः घट्दो क्रममा छ। जुन ५–६ प्रतिशतको हाराहारीमा सीमित भएको छ।

यसलेनागरिकको लगानी प्राथमिकता र जोखिम बहन गर्ने सोचमा आएको परिवर्तनलाई देखाएको छ। एकातिर अल्पकालीन तर चलायमान बचतप्रति आकर्षण बढेको छ भने अर्कोतर्फ दीर्घकालीन स्थिर बचतमा अरुचि बढ्दो छ।

मुद्दति निक्षेपको गिरावट केवल ब्याजदरको असर मात्र होइन, यो आमनागरिकको बदलिँदो वित्तीय चेतना र जोखिम लिन सक्ने क्षमताको संकेत पनि हो। बैंकहरुका लागि यो चुनौती मात्र होइन, अवसर पनि हो—नयाँ बचत उत्पादनहरु र आकर्षक लगानी विकल्प विकास गर्ने मौकासमेत भएको विज्ञहरु औँल्याउँछन्। त्यसैले उनीहरुले नयाँ रणनीतिअनुसार काम गर्नुपर्नेमा विज्ञहरुको जोड छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS