IME Life New

किन चीनप्रति नरम हुँदैछ डोनाल्ड ट्रम्पको मनोवृत्ति ? अमेरिकी अर्थतन्त्र खतरा पर्ने डर !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्साहका साथ चीनमाथि भारी कर लगाए। तर, अब उनको अहंकार हराउन थालेको छ। हालै ट्रम्पले भनेका थिए, ‘चीनमा १४५ प्रतिशतको ठूलो ट्यारिफ लगाइने छैन तर यो शून्य पनि हुने छैन।’

त्यसपछि ट्रम्पले एक अन्तर्वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूलाई फोन गरेको दाबी पनि गरेका थिए। तर, चीनले ट्रम्पको यो दाबी अस्वीकार गरेको छ। चीनले व्यापार युद्धमा आफ्नो कडा अडान कायम राखेको प्रतिक्रिया दिएको छ।

Esewa
Crest

पछिल्लो समय ट्रम्पको मनोवृत्ति नरम हुँदै गएको छ। तर, उनी चाहन्छन् कि सी जिनपिङले यस विषयमा वार्ता सुरु गरुन्।

अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्। अमेरिका चीनको दोस्रो ठूलो व्यापारिक साझेदार हो भने अमेरिका चीनका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। अमेरिकाले चीनबाट आयात गर्ने ६३ प्रतिशत सामान अन्तिम उत्पादन हुन्। यसमा अमेरिकी ग्राहकले खरिद गर्ने कपडा र इलेक्ट्रोनिक्स सामान समावेश छन्।

त्यस्तै अमेरिकी आयातको ३७ प्रतिशतमा मध्यवर्ती सामान हुन्छन्। यी मेसिनरी, औजार र अटो उद्योगमा प्रयोग गरिन्छ।

चीनबाट हुने कुल आयातमा साना तथा मझौला अमेरिकी कम्पनीको हिस्सा ४१ प्रतिशत रहेको छ। त्यसकारण चिनियाँ सामानमा ट्यारिफ बढाउनाले आयातित वस्तुको मूल्यमात्र बढ्दैन, घरेलु कम्पनीहरुको उत्पादन लागत पनि बढ्नेछ। यदि ट्यारिफ कायम रह्यो भने यसले महँगी तीव्र वृद्धि हुनेछ र मन्दीको सम्भावना बढाउन सक्छ।

ट्रम्पले पनि यो कुरा राम्ररी बुझेका छन्। त्यसैले उनी बारम्बार सी जिनपिङलाई आफ्नो साथी भनिरहेका छन्।

गत साता ट्रम्पले बारम्बार भनेका थिए कि उनको प्रशासनले व्यापार सम्झौतामा पुग्न चिनियाँ अधिकारीहरुसँग वार्ता गरिरहेको छ। तर, बेइजिङले हरेकपटक ती दाबी अस्वीकार गर्दै आएको छ। ट्रम्प व्यापार युद्ध कम गर्न इच्छुक देखिन्छन् तर बेइजिङले उनको प्रस्ताव अस्वीकार गरेको छ। बेइजिङको माग अमेरिकाले चीनमाथि लगाएको सबै कर हटाउनुपर्छ भन्ने छ।

ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। चीनले पनि अमेरिकी आयातमा १२५ प्रतिशतसम्मको ट्यारिफ बढाएको छ। दुवै देशका नेताले सार्वजनिक रुपमा फरक–फरक कुरा भनिरहेका छन्। तर, अहिले नै वार्ता सुरु हुने कुनै सम्भावना देखिँदैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS