IME Life New

आइपीओ अनुमति दिइरहेको सेबोनबाट किन रोकियो ६ महिनादेखि हकप्रदको स्वीकृति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट चालु आर्थिक वर्ष २०८२।८३ मा केही कम्पनीका आइपीओले अनुमति पाए पनि लगभग ६ महिनादेखि हकप्रद शेयरको स्वीकृति रोकिएको छ।

सेबोनबाट पछिल्लो ६ महिना पुससम्म १२ वटा कम्पनीले आइपीओ अनुमति पाएका छन्। यही अवधिभित्र केही एफपीओ, अग्राधिकार शेयर र सामूहिक लगानी कोषले पनि अनुमति पाएका छन्। यद्यपि, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४ वटा कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएपछि त्यस्ता स्वीकृति रोकिएको छ।

Esewa
Crest

हाल सेबोनको पाइप लाइनमा एउटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीसहित १४ वटा कम्पनीको हकप्रद शेयर अनुमति पर्खाइमा छन्। यही हकप्रद शेयरको अनुमति पर्खाइमा रहेका प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्ससहित ८ वटा जलविद्युत कम्पनी तथा लगानी र उत्पादन समूहका १–१ वटा कम्पनी छन्।

हकप्रद शेयरको अनुमति पाएमा यी कम्पनीले आफ्ना शेयरधनीहरुबाट लगभग २ अर्ब २२ करोड रुपैयाँ थप पुँजी जुटाउनेछन्। यी कम्पनीले हकप्रद शेयर जारीको अनुमति माग्र्दै २०८० चैत २२ गतेदेखि २०८२ मंसिर १७ गतेसम्म सेबोनमा निवेदन देखिन्छ।

सेबोनका प्रवक्ता निरञ्जन घिमिरेले केही कम्पनीहरुले अपुग काजाजत पेस गरेको भएकोले हकप्रद शेयर अनुमतिमा ढिलाइ भएको हुन सक्ने बताए। ‘सबै मापदण्ड पूरा भएका कम्पनीलाई साधारण शेयर जारी गर्न सेबोनले स्वीकृति दिँदै आएको छ’, उनले भने, ‘कागजपत्रमा ढिलाइ, मापदण्डअनुसार विवरण पेस नहुँदा वा अन्य प्राधिकरणले हकप्रद अनुमति सुस्त भएको हुन सक्छ’, उनले भने, ‘कम्पनीहरुलाई आवश्यक कागजपत्र पेस गर्न र अद्यावधिक वित्तीय विवरण पेस गर्न सेबोनले भनिसकेको छ। सबै मापदण्ड पूरा भएको खण्डमा हकप्रद शेयरको अनुमति पनि रोकिँदैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS