IME Life New

किन खोल्नुपर्छ सानै उमेरमा बालबालिकाको बैंक खाता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालबालिकाको बैंक खाता खोल्नुपर्ने सुझाव दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘बैंक खाता खोल्न उमेरको सीमा हुँदैन’, सूचनामा भनिएको छ, ‘सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौँ।’

Esewa
Crest

सानै उमेरदेखि बालबालिकालाई बचतको महत्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गरी उनीहरुको नाममा नै बैंक खाता खोल्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

जन्मदर्ता प्रमाणपत्र तथा नाबालिग परिचयपत्रका आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ। यसरी नाबालिगको खाता खोल्दा ऊ कानुनी रुपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी बालबालिकाका अभिभावक वा संरक्षकमा रहन्छ।

नाबालिग बालिग भएसँगै बैंक तथा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक भएपश्चात खाता सञ्चालनका हस्तान्तरण हुन्छ। ‘त्यसैले नाबालिगको बैंक खाताः सुरक्षित बचत र उज्ज्वल भविष्यको पहिलो पाइला हो’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS