IME Life New

किन ५ मध्ये १ जनाले एआईले मानव बीमा एजेन्टलाई प्रतिस्थापन गर्ने सोच्छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगभग दुई तिहाइ मानिसले एजेन्टिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बीमा उद्योगमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यदि मानिसहरु पृष्ठभूमिमा रहे पनि केवल १८.४ प्रतिशतको एआईले मानव एजेन्टहरुलाई प्रतिस्थापन गर्ने मत रहेको छ।

ग्लोबलडाटाका वरिष्ठ बीमा विश्लेषक बेन केरी–इभान्सका अनुसार एआईले पहिले नै द्रुत प्रतिक्रियाहरु र चौबीसै घन्टा उपलब्धतामार्फत ग्राहक सेवामा सुधार गरिरहेको छ। यद्यपि, उनले भने, ‘सेवा वितरणमा विश्वास र शुद्धता कायम राख्न मानव निरीक्षण महत्वपूर्ण छ।’

Esewa
Crest

ग्लोबलडाटाको इमर्जिङ ट्रेन्ड्स इन इन्स्योरेन्स सर्वेक्षणका निष्कर्षहरुले पनि उपभोक्ताले एआई प्रयोग गर्दा मानव एजेन्टमा पहुँच रुचाउँछन् भन्ने कुरा प्रकट गरेका छन्। लगभग ५६.५ प्रतिशतले जब मानव विकल्प उपलब्ध थियो तब उनीहरु एआई प्रयोग गर्न सहज रहेको प्रतिक्रिया दिएका छन्। जब कि केवल ४२.५ प्रतिशत एआईसँग अन्तक्र्रिया गर्न सहज रहेको बताएका छन्।

बीमा उद्धरण प्राप्त गर्न एआई प्रयोग गर्न सहज नहुनेहरुमध्ये ४२.९ प्रतिशतले भने यदि आवश्यक परेमा मानव एजेन्टले सहयोग गर्न सकेमा तिनीहरु त्यसो गर्न बढी इच्छुक हुने बताएका छन्। केरी–इभान्सले भने, ‘यी नतिजाहरुले उपभोक्ताहरु र बीमा कम्पनीहरु दुवैले एआई र मानव इनपुट संयोजनको महत्व बुझ्छन् भन्ने कुरामा जोड दिन्छन्।’

‘महत्वपूर्ण कुरा एजेन्टिक एआईले वास्तविक समयमा निर्णय लिन सक्छ र पहिले नै लोड गरिएका निर्देशनहरुका आधारमा मात्र प्रतिक्रिया दिँदैन’, केरी–इभान्सले भने, ‘यसको अर्थ एआईमा लाइभ च्याट स्थितिमा ग्राहक समस्याहरु राम्रोसँग समाधान गर्ने क्षमता छ। त्यसैले यो बीमा कम्पनीहरुका लागि अत्यन्त शक्तिशाली ग्राहक सेवा उपकरण बन्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS