IME Life New

राष्ट्र बैंकले सहज नीति ल्याउँदा पनि किन घट्यो शेयर बजार ? यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरिम सरकार र पुँजीबजार सुधार आयोगको सुझावमा नेपाल राष्ट्र बैंकले शेयर बजारमत्री व्यवस्था गरेको छ। लगानीकर्ताले उठाउँदै आएका माग पनि सम्बोधन भएको छ। तर, शेयर बजार खासै स्ुधार आउन सकेको छैन।

आजकै कुरा गर्ने हो भने नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा झरेको छ। बजार यसरी घट्नुका कारण नीतिगत व्यवस्था नभएर फरक कारणहरु रहेका छन्।

Esewa
Crest

शेयर बजार विश्लेषक प्रेम वली बजार घट्नुमा विभिन्न कारण रहेको बताउँछन्। ‘अहिले नीतिगत व्यवस्था शेयर बजार अनुकूल नै रहेका छन्’, उनले भने, ‘तर, नीतिगत व्यवस्था सकारात्मक रहे पनि अन्य कारणले बजार घटेको छ।’

वलीका अनुसार एउटा कारण राजनीतिक अन्यौलता हुन सक्छ। ‘जेनजी आन्दोलनपछि देशमा एउटा परिवर्तन त आएको छ तर सरकार र राष्ट्रपतिबाट उचित सम्बोधन नहुँदा शेयर लगानीकर्ताको मनोबल बढ्न सकेको छैन’, उनले भने, ‘चुनावको मिति तय भएको छ तर राजनीतिक दलहरुले तोकिएको मितिमा चुनावमा सहभागी हुने वा नहुने भन्ने निर्णय गरेका छैन। जसले गर्दा लगानीकर्ता अन्यौलमा परेका छन्।’

अर्को कुरा भनेको बैंकिङ प्रणालीमा पैसा थुप्रिए पनि राष्ट्र बैंकले बैंकहरुका लागि तोकेको शेयर कर्जाको लिमिट सकिँदा थप पैसा लगानी हुन नसक्दा बजारमा असर परेको वलीको धारणा छ। ‘बैंकहरुलाई शेयर बजारमा लगानी गर्न लिमिट तोकेको छ, जसका कारणले बैंकहरुले पैसा भएर पनि शेयर धितो कर्जा प्रवाह गर्न सकेका छैनन्’, उनले भने, ‘निजी क्षेत्रबाट पनि कर्जाको माग नहुनु र शेयर बजारमा पनि कर्जा प्रवाह गर्न नसक्दा बजारले गति लिन सकेको छैन। त्यसैले राष्ट्र बैंकले बैंकहरुले प्रवाह गर्ने शेयर धितो कर्जाको लिमिट बढाउन आवश्यक छ।’

यसैगरी वलीले विगतमा पनि चाडपर्वको बेला बजार स्थिर रहने गरेको बताए। ‘तर, यो वर्ष बजारमा ठूलो गिरावट देखिएको छैन’, उनले भने, ‘किनकि तिहारको मुखमा त्रैमासिक चाप परेको छ। बैंकहरुको कर्जा र ब्याज बुझाउने समय परेको छ। यही कारणले लगानीकर्ताले घाटामै भए पनि शेयर बेचेर बैंकको कर्जा र ब्याज तिरिरहेका छैन।’

तिहारपछि राजनीतिक महौल राम्रो बनेमा शेयर बजारले गति लिन वलीको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS