IME Life New

बेलायतमा किन चर्कियो आन्दोलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लन्डनमा शनिबार अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्कियो। यस प्रदर्शनमा करिब १.५ लाख मानिस सहभागी भएका थिए।

प्रहरीका अनुसार ‘युनाइट द किंगडम’ नामले आयोजना गरिएको प्रदर्शनमा केही मानिसले प्रहरीमाथि बोतल र अन्य सामान प्रहार गरे। जसका कारण २६ प्रहरी घाइते भए। तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Esewa
Crest

सोसल मिडिया कम्पनी एक्सका मालिक एलन मस्कले भिडियो लिंकमार्फत ह्वाइटहलमा भेला भएका मानिसलाई सम्बोधन गरे। अर्कोतर्फ यस प्रदर्शनविरुद्ध ‘स्ट्यान्ड अप टु रेसिज्म’ द्वारा विरोध प्रदर्शन गरिएको थियो। यसमा करिब ५ हजार मानिस सहभागी थिए।

प्रहरीका अनुसार हालसम्म २५ जनालाई विभिन्न अपराधअन्तर्गत पक्राउ गरिएको छ। प्रहरीले हिंसालाई ‘पूर्ण रुपमा अस्वीकार्य“ भनेर वर्णन गरेको छ। यस प्रदर्शनलाई ध्यानमा राख्दै लन्डनमा भारी सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरीले रोबिन्सनका समर्थकलाई पछाडि धकेल्न लाठी प्रयोग गर्दा झडप भएको थियो।

टमी रोबिन्सन (वास्तविक नाम स्टिफन याक्सली–लेनन)ले भीडलाई सम्बोधन गर्दै राजनीतिज्ञहरुको आलोचना गरे। उनले यो पनि दाबी गरे कि बेलायती अदालतहरुले कागजात नभएका आप्रवासीको अधिकार ‘स्थानीय समुदाय’को अधिकारभन्दा माथि रहेको फैसला गरेका थिए।

गत महिना पुनरावेदन अदालतले एसेक्सको एपिङमा रहेको द बेल होटलमा शरणार्थीलाई राख्नबाट रोक्ने आदेशलाई उल्ट्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

57%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS