IME Life New

आइपीओ निष्काशन खुल्ला गरेको माबिलुङ इनर्जीको किन बढ्यो परियोजना लागत ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्र प्रवर्द्धित जलविद्युत कम्पनी, माबिलुङ इनर्जीको माथिल्लो पिलुवा खोला तेश्रो जलविद्युत आयोजनाको निर्माण लागत २६ प्रतिशतले बढेको छ।

आयोजनाको प्रारम्भिक लागत ९३ करोड ७० लाख रहने अनुमान गरिएको थियो। आयोजनाको निर्माण कार्य सम्पन्न हुन ढिलाइ हुँदा लागत बढेर १ अर्ब १८ करोड १० लाख रूपैयाँ नाघ्ने अनुमान गरिएको छ।

Esewa
Crest

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, बाढीबाट क्षतिग्रस्त संरचना पुनः निर्माण, प्रशारण लाइनका लागि थप जग्गा अधिग्रहण, पूर्वानुमानभन्दा अधिक अवधिको सुपरिवेक्षण लागत र ऋणवापतको ब्याज खर्चका कारण आयोजनाको निर्माण लागत ह्वात्तै बढेको हो।

२०८० असार महिनामा आएको भीषण बाढीका कारण संखुवासभामा निर्माणाधीन माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजनाको मुख्य संरचनामै क्षति पुगेको थियो। यसबाहेक प्रशारण लाइन निर्माणका लागि थप जग्गा अधिग्रहण र निर्माण कार्यमा ढिलाईले गर्दा लागत बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले रिपोर्टमा उल्लेख गरेको छ। आयोजनाको निर्माण अवधि लम्बिंदा निर्माण सुपरिवेक्षणवापतको लागत र बैंक ऋणको ब्याजवापतको खर्चका कारण समेत निर्माण लागत बढेको हो।

प्रतिमेगावाट १८ करोड ९० लाख रुपैयाँको प्रारम्भिक अनुमान गरिएकोमा परियोजना लागत २३ करोड ९० लाख रुपैयाँ प्रति मेगावाट नाघेको छ।

प्रस्तावित सार्वजनिक निष्काशन(आइपीओ) बाट ४९ प्रतिशत चुक्ता पूँजी जुटेपछि माबिलुङको ऋण भार र ब्याज खर्च दुबै घट्दा वित्तीय सन्तुलनमा सहजता हुने अनुमान रेटिङ एजेन्सीको छ।

पिलुवा खोला ३ जलविद्युत आयोजनाबाट उत्पादित उर्जा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बानेश्वर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेकाले प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने जोखिमबाट यो आयोजना मुक्त छ। यो आयोजनाबाट जुन २० तारेखमा परिक्षण उत्पादन शुरू भइसकेको छ।

रेटिङ एजेन्सीले आयोजना निर्माण लागतमा उच्च वृद्धि, जलविद्युत उत्पादन क्षेत्रमा प्रवर्द्धकहरूको सीमित अनुभव र पर्यावरणीय तथा भाैगोलिक जोखिम मुख्य चुनाैतीका रूपमा औंल्याएको छ।

उत्पादित उर्जा बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँगको खरिदबिक्री सम्झाैता, आयोजनाबाट नजिकै अवस्थित राष्ट्रिय प्रशारण लाइन र बानेश्वर सबस्टेशन रहेकाले बिक्रीमा ढिलासुस्ती हुने जोखिमबाट मुक्त रहेको हो।

माबिलुङ एनर्जीले माथिल्लो पिलुवा खाेला तेश्रो आयोजनाबाट उत्पादित बिजुली बिक्री गर्न प्राधिकरणसँग ३० वर्ष लामो अवधिको सम्झाैता गरेको छ। यो अन्तर्गत वर्षा माैसममा प्रति किलोवाट आवर रू. ४.८ तथा हिउँदमा रू. ८.४ का दरले बिजुली बेच्ने सहमति भएको छ। यसबाहेक उत्पादन शुरू भएको दोश्रो वर्षदेखि वार्षिक ३ प्रतिशतका दरले लगातार ८ वर्षसम्म आधारभूत बिक्री मूल्यमा वृद्धि गर्ने सहमति समेत रहेको इक्रा नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ।

यो विद्युत आयोजनाको उत्पादन क्षमता ४.९५ मेगावाट छ।

रेटिङलाई पुनः समर्थनः

इक्रा नेपालले सार्वजनिक शेयर निष्काशनका लागि साबिकको ‘बी प्लस’ रेटिङलाई निरन्तरता दिएको छ। यसबाहेक ७९ करोड ५० लाख रूपैयाँ दीर्घकालीन कर्जाको लागि ‘एलबी प्लस’ र दीर्घकालीन कर्जा सीमा अन्तर्गतकै २५ करोड ९० लाख रूपैयाँ अल्पकालीन कर्जाको ‘ए फो’ रेटिङलाई पुनः समर्थन गरेको छ।

आइपीओ बिक्री खुलाः 

नेपाल धितोपत्र बोर्डबाट माबिलुङ इनर्जीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको जारी गर्ने अनुमति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर बिक्री खुला गर्ने आ छ। असार २२ गतेबाट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित संखुवासभाको चैनपुर र मादी नगरपालिकाका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको छ।

जीवन बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स यो यो जलविद्युत आयोजनाको मुख्य प्रवर्द्धक हो। एशियन लाइफको ३२ प्रतिशत शेयर स्वामित्व छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS