IME Life New

विदेशमा चम्किंदा नेपालभित्रै किन खुम्चिन थाल्यो वाइवाइ चाउचाउको व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिजी कर्प ग्लोबल(सिजी ग्रुप) लाइ विश्वव्यापी बनाउने वाइवाइ चाउचाउको व्यापार घरेलु बजारमा खुम्चिन थालेको छ। तयारी चाउचाउको बजारमा प्रतिस्पर्धीहरूको फरक रणनीति र उपभोक्ताको राजाइ अनुसारको उत्पादनका सामू वाइवाइचाउचाउले आफ्नो झण्डै ४१ वर्ष देखिको वर्चश्व गुमाउन थालेको हो।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रकाशन गरेको विज्ञप्ती अनुसार, स्वदेशी बजारभित्र वाइवाइ चाउचाउले घरेलु र विदेशी दुबै ब्राण्डबाट कडा प्रतिस्पर्धा सामना गर्नु परिरहेको छ।

Esewa
Crest

घरेलु बजारमा सस्तो मूल्यको भन्दा पनि महँगो तर स्वादिलो र पिरो चाउचाउको माग बढ्न थालेपछि यशोदा फूड्सद्वारा उत्पादित करेन्ट नूडल्स, एसियन थाई फूड्सबाट टु पिएम चाउचाउ उपभोक्ताको भान्सा र दैनिक खाजाको हिस्सा बन्दै गएको छ। यसबाहेक सेतो चाउचाउ(ह्वाइट नुडल्स) का पारखीहरू शुरूवाती समयदेखि नै रारा चाउचाउ उपभोग गर्न मन पराउँछन् । यसले गर्दा वाइवाइ चाउचाउका लागि बजार जोगाउन कडा चुनाैती खेप्नु परिरहेको छ।

वाइवाइ चाउचाउ उत्पादन गरिरहेको सिजी फुड्सको आम्दानी चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाईवाई चाउचाउले ७६ प्रतिशत हिस्सा ओगटेको छ। यति ठूलो हिस्सा ओगटेको वाइवाइ चाउचाउको बजार माग घट्दा सिजी फुड्सको समग्र आम्दानीमै नकारात्मक प्रभाव देखिएको छ।

इक्रा नेपालले सिजी फूड्सको आम्दानीमा गिरावटको श्रेय बजारमा उपभोक्ता माझ लोकप्रिय हुँदै गएका प्रतिस्पर्धीहरूको उत्पादनलाई दिन्छ।

गत आर्थिक वर्ष २०२३/२४ मा, सिजी फुड्सको आम्दानी ११% ले घटेको थियो।र चालू आर्थिक वर्षको पहिलो नौ महिनामा, यो थप ६ % ले खुम्चिएको छ। आर्थिक वर्ष २०२२/२३ मा ९.११ अर्ब रुपैयाँभन्दा बढी रहेको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८०।८१ मा ८ अर्ब १० करोड रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ अर्ब ७१ करोड रूपैयाँ बराबरको व्यापार गरेको छ।

वाइवाइ चाउचाउ उपभोक्ताको रोजाइबाट पछि पर्दै गएपनि करेण्ट चाउचाउ उत्पादन गर्ने यशोदा फूड्सको व्यापार भने निरन्तर बढ्दै गएको छ। केयर रेटिङका ​​अनुसार, यसको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८०।८१ मा १८.४५% ले बढेर ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र ५ अर्ब २ करोड रुपैयाँ बराबरको व्यापार गरिसकेको छ।

वाइवाइ चाउचाउलाई विश्वमै लोकप्रिय ब्राण्डकारूपमा स्थापित गराएका जिपी शाह अहिले यसोदा फुड्सको नेतृत्व गरिरहेका छन् । शाहले करेण्ट चाउचाउलाई ग्लोबल ब्राण्ड बनाउनका लागि विदेशमा यशोदा फुड्सका उत्पादनहरू निर्यात र बजारीकरणलाई जोड दिएका छन् ।

यशोदा फुड्सले रू. ६० मूल्यको चिज बल्स बजारमा ल्याएर चिज बल्सको बजारमा पनि सस्तो दाममा पाइने सिजी चिज बल्सलाई चुनाैती दिई सकेको छ। यसले जोखिम मोलेरै भएपनि महँगो मूल्यको प्याकिङ गरेर बजार ओगट्ने रणनीति अंगालेको छ।

करेण्ट नुडल्सको पिरो चाउचाउको बढ्दो लोकप्रियताका कारण बजार माग घट्दा करेण्टको झड्का महशुस गरेको सिजी फुड्सले पिरो र मसालेदार चाउचाउको उत्पादन थपेको छ। नयाँ उत्पादनले कति बजार हिस्सा कब्जा गर्न सक्छ भनेर हेर्न बाँकी रहेको इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

गुणस्तरमा सम्झाैता गर्दा कारवाहीः

काठमाडाैं महानगरपालिकाले गुणस्तरहीन चाउचाउ बिक्री गरेको प्रमाण सहित सिजी फुड्सविरूद्ध २ लाख रूपैयाँ जरिवाना गरेको थियो। महानगरपालिकाले वडा नम्बर ६ सरस्वतीनगरस्थित किराना पसलबाट बरामद गरेको चाउचाउको प्रयोगशालामा परिक्षण गर्दा गुणस्तरहीन फेला परेपछि २०८१ बैशाख १२ गते २ लाख रूपैयाँ जरिवाना गरेको थियो।

महानगरपालिकाले प्रयोगशालाबाट प्राप्त परिक्षण प्रतिवेदनका आधारमा सिजी फुड्स विरूद्ध कारवाहीको निर्णय गरेपनि सिजी फुड्सले महानगरको कारवाही आधारहिन भएको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS