IME Life New

किन टेस्लाले एलन मस्कलाई दियो ९.६ करोड कित्ता शेयर ? यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले कम्पनीको ९.६ करोड शेयर आफ्नो सीईओ तथा अध्यक्ष एलन मस्कलाई दिएको छ। यसको मूल्य २९ अर्ब डलरबराबरको रहेको छ।

कम्पनीले यसलाई ‘गुड फेथ’मा दिइएको पुरस्कार भनेको छ। यो कदम ६ महिना अघिमात्र डेलावेयर अदालतले मस्कको २०१८ को बहुअर्ब डलरको क्षतिपूर्ति प्याकेज रद्द गरेको बेला उठाइएको हो। टेस्लाले यसविरुद्ध अपिल गरेको छ।

Esewa
Crest

टेस्लाले आफ्ना लगानीकर्तालाई भनेको छ, ‘यो शेयर ग्रान्ट मस्कलाई कम्पनीमा राख्नका लागि दिइएको हो। किनकि टेस्लाबाहेक उनको ध्यान स्पेसएक्स, एक्सएआई र न्युरालिंकजस्ता उनका अन्य कम्पनीमा पनि छ। उनी राजनीतिमा पनि केन्द्रित छन्।’

यी शेयर मस्कले तुरुन्तै पाउने छैनन्। यसका लागि उनले सन् २०२७ सम्म टेस्लामा उच्च पदमा काम गर्नुपर्नेछ। प्रत्येक शेयरका लागि २३.३४ डलर पनि तिर्नुपर्नेछ।

यो सन् २०१८ को क्षतिपूर्ति प्याकेजको मूल्यबराबर हो। साथै, कर वा खरिद मूल्य तिर्नबाहेक यी शेयर ५ वर्षसम्म बेच्न पाइने छैन्।

मस्कको टेस्लामा १३ प्रतिशत हिस्सा छ। उनले गत महिना कम्पनीको आम्दानीसँग सम्बन्धित एक कलमा टेस्लामा थप शेयर चाहेको संकेत गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS