IME Life New

कर्णालीमा कृषि कर्जा १४% बढ्दा पनि किन घट्यो कृषि बीमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा कर्णाली प्रदेशका कृषि कर्जा १४.०१ प्रतिशतले वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक गरेको कर्णाली प्रदेशको अर्धवार्षिक आर्थिक समीक्षामा राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०।८१ को अर्धवार्षिक अवधिको तुलनामा यो वर्ष कृषि कर्जामा वृद्धि भएको उल्लेख छ। कृषि कर्जा बढेसँगै कृषि तथा पशुपन्छी बीमासमेत बढ्नुपर्नेमा कर्णालीमा कृषि बीमा झन् झन् खुम्चिँदै गएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणको मासिक बुलेटिन बीमा प्रतिविम्बमा प्रकाशित तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।८२ को जेठसम्म कर्णालीबाट कृषि बीमाबापतको बीमाशुल्क आम्दानी ४०.०६ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्मको तुलनामा बीमाशुल्क संकलन घटेको हो।

यसअघि वैशाख मसान्तसम्ममा कर्णालीमा कृषि बीमाशुल्क आम्दानी ९१ प्रतिशतले खुम्चिएको थियो। बीमालेख संख्या पनि ६२ प्रतिशतले घटेको छ।

कर्णालीका सर्वसाधारण किसानको हितका लागि सरकारले अनुदान उपलब्ध गराएकोमा बीमा कम्पनीले फर्जी विवरण पेस गरेर अनुदान रकम दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा कम्पनीविरुद्ध छानबिन गरिरहेको छ। अख्तियारको छानबिन सुरु भएसँगै कर्णालीमा कृषि तथा पशुपन्छी बीमालेखको बीमांक र बीमाशुल्क रकम दुवै खुम्चिँदै गएको छ।

राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाले कर्णालीमा कुल ५ अर्ब १५ करोड ५६ लाख रुपैयाँ कृषि कर्जा लगानी गरेका छन्। प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी बीउबिजन शीर्षकमा ११ लाख पुगेको छ। सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन।

कर्णाली प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै १ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ सुर्खेत जिल्लामा प्रवाहित भएको छ। सबैभन्दा कम १३ करोड ७५ लाख रुपैयाँ मुगु जिल्लामा प्रवाहित भएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्त)सम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS