IME Life New

सीडीएससीले किन रोक्का गर्यो हिम स्टार ऊर्जा कम्पनीको शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले हिम स्टार ऊर्जा कम्पनीको सम्पूर्ण धितोपत्र (शेयर) रोक्का गरेको छ।

हिम स्टारले गत असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। त्यसअघि जेठमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो।

Esewa
Crest

सर्वसाधारणका लागि जारी हिम स्टार ऊर्जाको आइपीओ गत असार ३२ गते धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको थियो। बाँडफाँटपछिको शेयर लगानीकर्ताको डिम्याट खातामा पनि जम्मा भइसकेको छ।

सीडीएससीले भने एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि हुन गएको देखिएकोले हिम स्टार ऊर्जाको सम्पूर्ण शेयर रोक्का गरिएको जनाएको छ। ‘प्राविधिक त्रुटि सच्याउने अवधिसम्म हिम स्टार ऊर्जाको सम्पूर्ण शेयर रोक्का राखिएको छ’, सीडीएससीले आज जारी गरेको सूचनामा भनिएको छ।

सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि भएको देखिएको हिम स्टार ऊर्जाको शेयर रोक्का गरिएको जानकारी दिए। ‘पछि समस्या नहोस् भनेर क्यापिटलकै आग्रह शेयर रोक्का गरिएको हो’, उनले भने, ‘क्यापिटलबाट प्राविधिक त्रुटि सच्चाउने काम भइरहेको छ। काम सकिएपछि शेयर फुकुवा गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS