IME Life New

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने भएपछि बीमा प्राधिकरणमा कर्मचारी किन सतर्क ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कुपन्डोलस्थित केन्द्रीय कार्यालयमा केही दिनयता कुनै पनि फाइल टेबलको घर्रामा नथन्क्याउनु भन्ने मौखिक आदेशको चर्चा छ।

प्राधिकरणका कर्मचारीलाई कुनै पनि कामको फाइल निर्णयको प्रक्रियामा भए वा काम सम्पन्न भएको अवस्थामा टेबलको घर्रामा वा टेबलमाथि नराखेर दराजमा थन्क्याउन आदेश जारी गरिएको छ। ‘माहोल परिवर्तन हुन सक्छ। थन्किएका फाइलहरुको सम्बन्धमा सोधीखोजी हुन सक्छ। त्यसैले जबाफ दिन सक्ने गरी पूर्वतयारी गर्नु’ भन्ने आन्तरिक निर्देशन दिइएको छ।

Esewa
Crest

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ करिब ५० प्रतिशत र प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिटमा जित दर्ज गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जेनजी आन्दोलनको मर्म प्रतिनिधित्व गर्ने दलका रुपमा हेरिएको छ। विशेषगरी भदौ २३ र २४ गते तन्नेरी पुस्ताको नेतृत्वमा भएको भष्ट्राचारविरोधी आन्दोलनको मर्म आत्मसात गर्दै भावी सरकारले भ्रष्टाचारको अन्त्य गर्ने अपेक्षासमेत गरिएको छ।

जेनजी पुस्ताको नेतृत्व गर्ने भएकाले नियामकीय निकायमबाट कुनै फाइल सदर वा कुनै विषयमा निर्णय गर्नुअघि अनेक कमजोरी र कानुनी प्रावधान देखाएर तर्साउने, दुःख दिने र अनावश्यक ढिलासुस्ती गर्ने प्रवृत्ति देखिँदै आएको छ। यस्तो प्रवृत्तिबाट आजित भएका बीमकले भावी सरकारको मन्त्रिपरिषद सदस्यसँग गुनासो गरे वा कुनै गोप्य विषयको सूचना दिएको अवस्थामा अप्ठेरो पर्ने भन्दै कर्मचारीलाई पूर्ण सतर्कता अपनाउन निर्देशन गरिएको चर्चा रहेको सम्बद्ध कर्मचारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS