IME Life New

किन धमाधम विदेशस्थित कार्यालय बन्द गर्दैछन् भारतीय बीमक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो केही समययता भारतीय बीमा कम्पनीहरूले विदेशस्थित शाखा कार्यालयहरू धमाधम बन्द गर्न थालेका छन् ।

बीमा नियामकले मागेको धराैटीवापतको रकम बुझाउन नसक्दा ओरियण्टल इन्स्योरेन्स कम्पनीले ६४ वर्षपछि दुबई स्थित कार्यालय बन्द गर्ने निर्णय लिन बाध्य हुनु परेको छ।

Esewa
Crest

धराैटीकै विषयलाई लिएर जिआइसी रिले पनि दुबई स्थित कार्यालय बन्द गरिसकेको छ। यसैगरी न्यू इन्डिया एस्योरेन्सले हङकङ र फिलिपिन्समा रहेको कार्यालय पनि बन्द गरेको एशियन इन्स्योरेन्स पोष्टले लेखेको छ।

दुबईको युएईको केन्द्रीय बैंकले बीमा ओरियण्टल इन्स्योरेन्स कम्पनीको मोटर बीमा व्यवसायलाई निलम्बन गरेपछि ओरियण्टलले नयाँ बीमालेख जारी गर्न नपाएको हो।

सन् २०२४ मा दुबईमा कुल २९६ करोड भारतीय रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको ओरियण्टलसँग नियामकले धराैटीवापत १० करोड युएई डलर बैंक ग्यारेण्टी पेश गर्न निर्देशन दिएको थियो। तोकिएको समयावधिभित्र धराैटी जम्मा गर्न नसकेपछि इजाजत पत्र निलम्बन गरिएको हो।

इजाजत पत्र निलम्बन भएपनि ओरियण्टल इन्स्योरेन्सले पुराना बीमालेखको दायीत्व बाँकी रहँदासम्म सेवा जारी राख्नेछ, तर नयाँ बीमालेख बिक्री गर्न पाउँनेछैन।

यसअघि, भारतीय सरकारी स्वामित्वको पुनर्बीमक जिआइसी रि (GIC Re) ले पनि आफ्नो दुबई स्थित कार्यालयलाई गुजरातस्थित अन्तर्राष्ट्रिय वित्तीय केन्द्रमा सारेको थियो।

यसबाहेक, न्यू इन्डिया एस्योरेन्सले हङकङ र फिलिपिन्समा पनि आफ्नो कार्यालय बन्द गरेको छ।

ओरियण्टल इन्स्योरेन्सले सन् १९६० मा दुबइमा कार्यालय स्थापना गरेर सेवा शुरू गरेको थियो ।  ट्रुसियल स्टेट्सको युगमा, १९७१ मा युएईको गठन हुनुभन्दा धेरै अघि, यस क्षेत्रको पहिलो बीमकहरू मध्ये एक बन्यो। ओरियण्टल इन्स्योरेन्सको शाखा कार्यालय खाडी मुलुक कुवेतमा पनि सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS