IME Life New

को को बन्दैछन् बालेन्द्र शाहको नेतृत्वमा मन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मन्त्री मण्डललाइ आकार दिन थालेका छन् । उनको मन्त्री मण्डलमा नयाँ देखि पुराना अनुहारसम्मको सहभागिता देखिएको छ।

पार्टी सम्बद्ध श्रोतका अनुसार, संवेदनशील मानिएको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरूङले पाउने भएका छन् ।  जेनजी आन्दोलनपछि चर्चामा आएका यूवा गुरूङको बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरणमा विशेष पहलपछि चर्चा चुलिएको हो। उनी गोरखाबाट निर्वाचित सांसद हुन् ।

Esewa
Crest

वैदेशिक कुटनीतिक सम्बन्धका लागि महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयमा शिशिर खनाल नियुक्त हुने भएका छन् ।  सांसद विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोबिता गौतमले पाएकी छिन् । उर्जा मन्त्रालयमा काठमाडाैंका सांसद विराजभक्त श्रेष्ठ  र उद्योग मन्त्रालयमा डा. अमरेश कुमार सिंहलाइ जिम्मेवारी दिने पार्टी नेतृत्वबीच सहमति भएको जानकारी बाहिर आएको छ । सिंहले काँग्रेस सभापति गगन थापालाइ भारी मतान्तरबाट सर्लाहीमा पराजित गरेका हुन्। यसैगरी सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS