IME Life New

वित्तीय सूचकहरुमा टक्कर दिँदै आएका मुक्तिनाथ र गरिमा विकास बैंकमध्ये को तगडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ र गरिमा विकास बैंक एक–अर्कालाई वित्तीय सूचकहरुमा टक्कर दिँदै आएका विकास बैंक हुन्। दुवै बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रहेको छ भने गरिमाको चुक्तापुँजी ५ अर्ब ६८ करोड रहेको छ।

जगेडा कोषः मुक्तिनाथको जगेडा कोषमा ३ अर्ब ४८ करोड रहेको छ भने गरिमाको जगेडा कोषमा २ अर्ब ६८ करोड रहेको छ।

रिटेन्ड अर्निङः मुक्तिनाथको रिटेन्ड अर्निङमा ६१ करोड ९५ लाख रहेको छ भने गरिमाको रिटेन्ड अर्निङमा ३५ करोड ४ लाख रहेको छ।

निक्षेप र कर्जाः मुक्तिनाथले १ खर्ब १३ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ भने गरिमाले ८५ अर्ब ७८ करोड निक्षेप संकलन गरी ६९ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः मुक्तिनाथले ३ अर्ब २८ करोड खुद ब्याज आम्दानी गरेकोमा गरिमाले २ अर्ब ६६ करोड खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः मुक्तिनाथले १ अर्ब ३ करोड संचालन नाफा गरेकोमा गरिमाले १ अर्ब ४ करोड संचालन नाफा गरेको छ।

खुद मुनाफाः मुक्तिनाथले ७२ करोड ४८ लाख खुद नाफा गरेकोमा गरिमाले ७३ करोड ३४ लाख खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः मुक्तिनाथको ६१ करोड ९५ लाख वितरणयोग्य नाफा रहेकोमा गरिमाको ३५ करोड ४ लाख वितरणयोग्य नाफा रहेको छ।

किताबी मूल्यः मुक्तिनाथको किताबी मूल्य १५८.३० रुपैयाँ छ भने गरिमाको किताबी मूल्य १५३.४७ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणको आधारमा मुक्तिनाथको वार्षिक प्रतिशेयर आम्दानी १३.७१ रुपैयाँ छ भने गरिमाको वार्षिक प्रति शेयर आम्दानी १७.२२ रुपैयाँ छ।

खराब कर्जाः मुक्तिनाथको खराब कर्जा ४.४१ प्रतिशत हुँदा गरिमाको खराब कर्जा ४.७८ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS