IME Life New

होटल फरेष्ट इनको आइपीओमा आजबाट आवेदन दिन सकिने, क-कसले भर्न पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल फरेष्ट इनले आज माघ ४ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीको आइपीओ जारी गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले यो होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ।

त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो।

Esewa
Crest

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

होटल फरेष्ट इनको आइपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

यसपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS