IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका १५ ठूला शेयरधनी को–को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीई प्रुडेन्सियल इन्स्योरेन्सले गत पुस २४ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा सम्पन्न गर्यो। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि वितरण गर्ने भनी प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेका साथै गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ।

वार्षिक प्रतिवेदनअनुसार हाल कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व राख्ने १५ जना शेयरधनी रहेका छन्। ती शेयरधनीको शेयर स्वामित्व १ प्रतिशतदेखि ६ प्रतिशत माथिसम्म रहेको देखिन्छ।

Esewa
Crest

कम्पनीमा सबैभन्दा बढी शेयर स्वामित्व राख्नेमा हेमराज ढकाल छन्। कम्पनीमा उनको ६.०५ प्रतिशत अर्थात १८ लाख ३१ हजार ४०४ कित्ता शेयर रहेको छ।

यसैगरी कम्पनीमा दोस्रो ठूला शेयरधनीका रुपमा चन्द्रप्रसाद ढकाल रहेका छन्। नेपाल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका ढकालसँग यो कम्पनी ४.६२ प्रतिशत अर्थात १३ लाख ९८ हजार ७७१ कित्ता शेयर रहेको छ।

यो कम्पनीको तेस्रो ठूलो शेयरधनी उषा इन्भेस्टमेन्ट रहेको छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा उपा इन्भेस्टमेन्टको ४.५६ प्रतिशत अर्थात १३ लाख ८१ हजार ३२६ कित्ता शेयर रहेको छ।

यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा नबिल बैंकको १० लाख ९२ हजार ३९८ कित्ता (३.६१ प्रतिशत), आरएमसी इन्भेस्टमेन्टको ७ लाख ७० हजार ४१८ कित्ता (२.५४ प्रतिशत), हाथवे इन्भेस्टमेन्टको ५ लाख ७४ हजार ९४८ कित्ता (१.९० प्रतिशत), कुमार पौडेलको ५ लाख १२ हजार १३४ कित्ता (१.६९ प्रतिशत), वीरेन्द्रकुमार सांघाईको ५ लाख ७ हजार ८५३ कित्ता (१.६८ प्रतिशत) र तिलकराम रानाभाटको ४ लाख ८ हजार ६६० कित्ता (१.३५ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

कम्पनीमा सुमितकुमार अग्रवालको ३ लाख ८६ हजार ८१० कित्ता (१.२८ प्रतिशत), विशाल अग्रवालको ३ लाख ६७ हजार ६७४ कित्ता (१.२१ प्रतिशत), पूजा इन्टरनेसनल नेपालको ३ लाख ३७ हजार ३८ कित्ता (१.११ प्रतिशत), दिपक कुवरको ३ लाख २२ हजार १६६ कित्ता (१.०६ प्रतिशत), मञ्जु अग्रवालको ३ लाख ७ हजार ८९८ कित्ता (१.०२ प्रतिशत) र तुलसीराम अग्रवालको ३ लाख २ हजार ४३१ कित्ता (१ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS