IME Life New

तोकियो सार्वजनिक खाद्य विश्लेषक, को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सार्वजनिक खाद्य विश्लेषक तोकेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २७ जनालाई खाद्य विश्लेषक तोकेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरुलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र विभागअन्तर्गतका कार्यालयमा खाद्य विश्लेषक निर्धारण गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक महिपाल राम वैद्यसहित वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरु प्रमोद कोइराला, डा हुमाकुमारी बखिम, मोहनकृष्ण महर्जन, कृष्णप्रसाद राई, कमलप्रसाद रेग्मी, शिवसागर चौधरी, नवराज दाहाल, विमलकुमार दाहाल, डा क्षितिज श्रेष्ठ, भीमप्रसाद पुलामी, सुमन धिताल, ज्योत्स्ना श्रेष्ठ, अनुप हलवाई, बालकुमारी शर्मा, रमेश खड्का, हरेराम प्रधान, काशीनाथ घिमिरे, प्रशान्त पोखरेल, प्रतिमा श्रेष्ठ, रञ्जन, नेपाल, पुष्पलाल राई, रविन्द्र झा, ईश्वर सुवेदी, विमला पोखरेल र विजन श्रेष्ठलाई खाद्य विश्लेषक तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS