IME Life New

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जना आकांक्षी, को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जना आकांक्षी देखिएका छन्।

सरकारले गठन गरेको सिफारिस समितिले गत भदौ १४ गते एक सूचना जारी गर्दै बीमा प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा हिजो शुक्रबार २० गतेसम्म दिने व्यवस्था रहेको थियो। अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका छन्।

Esewa
Crest

बीमा प्राधिकरणको अध्यक्ष बन्न उम्मेदवारी दिनेमा घनश्याम बुढाथोकी (ललिपुर), विक्रान्त पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णबाबु मिश्र (काठमाडौं), बुद्धकाजी श्रेष्ठ (काठमाडौं), डा दमोदर बसौला (कास्की) र चिन्तामणि शिवाकोटी (काठमाडौं) छन्।

यसैगरी ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्राडा दिपकबहादुर भण्डारी (लमजुङ), डा राजेन्द्र पण्डित (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेश्वर न्यौपाने (भक्तपुर)ले पनि प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका छन्।

गत भदौ ९ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

अब सिफारिस समितिले तोकिएको मितिभित्र परेका आवेदनको अध्ययन गरी नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाक्नेछ। अनि समितिले ती उम्मेदवारले प्राप्त गरेको अंकका आधारमा ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ।

मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएकामध्ये एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।

कार्यानुभवसम्बन्धी योग्यता नपुगेको भन्दै मन्त्रिपरिषद बैठकले गत भदौ २ गते प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको थियो। गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। ओझाको बर्खास्तीपछि हाल अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सरकारले कामचलाउ अध्यक्षको जिम्मेवारी तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS