IME Life New

ह्वाइट हाउसले फेर्यो १११ वर्षे परम्परा, अब ट्रम्पले चाहेका पत्रकारले मात्र प्रश्न सोध्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाइट हाउसले आफ्नो मिडिया नीति परिवर्तन गरेको छ। नयाँ नीतिले ह्वाइट हाउसको प्रेस पुलबाट रोयटर्स, ब्लुमबर्ग र एसोसिएटेड प्रेसजस्ता अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई समावेश गरेको छैन। यी समाचार एजेन्सीले अब प्रेस पुलमा स्थायी स्थान पाउने छैनन्।

ह्वाइट हाउस प्रेस पुल लगभग १० मिडिया संस्थाको समूह हो। यसमा पत्रकार र फोटोग्राफर पनि समावेश छन्। यी व्यक्तिले राष्ट्रपतिको हरेक साना–ठूला गतिविधिलाई समेट्छन्। अन्य मिडिया संस्था राष्ट्रपतिसँग सम्बन्धित कभरेजका लागि प्रेस पुलमा समावेश गरिएका मिडिया संस्थामा निर्भर हुन्छन्।

Esewa
Crest

नीतिमा आएको यो परिवर्तनपछि अब अन्तर्राष्ट्रिय मिडिया संस्थालाई अमेरिकी राष्ट्रपतिसम्म पुग्न धेरै गाह्रो हुनेछ। ह्वाइट हाउसको यस निर्णयप्रति प्रतिक्रिया जनाउँदै अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूले यसलाई प्रेस कभरेज नियन्त्रण गर्ने प्रयास भनेका छन्। जसले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई असर गर्न सक्छ।

नयाँ नीतिअन्तर्गत ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अब कुन पत्रकार वा मिडिया संस्थाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रश्न सोध्न सक्छ भन्ने निर्णय गर्नेछिन्। यो नीति ह्वाइट हाउसको ओभल अफिस, प्रेस ब्रिफिङ रुम र राष्ट्रपतिको विशेष विमान ‘एयर फोर्स वन’ मा पनि लागू हुनेछ।

ह्वाइट हाउस प्रेस पुल सन् १९५० को दशकमा अमेरिकाका ३४ औं राष्ट्रपति ड्वाइट डी आइसेनहावरको कार्यकालमा सुरु भएको थियो। राष्ट्रपतिलाई कभर गर्न ह्वाइट हाउसमा पत्रकारको भीड बढ्न थाल्यो। यसलाई सम्बोधन गर्न १० जना पत्रकार वा मिडिया संस्थाको समूह गठन गरियो। जसलाई प्रेस पुल नाम दिइएको थियो। यसको अर्थ प्रेस पुलमा समावेश गरिएका पत्रकारलाई मात्र ह्वाइट हाउसको प्रेस ब्रिफिङ, ओभल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यालय) र एयर फोर्स वनमा प्रवेश गर्न अनुमति दिइएको थियो। कुन मिडिया हाउस वा पत्रकार प्रेस पुलमा रहने भनेर निर्णय गर्ने जिम्मेवारी ह्वाइट हाउस संवाददाता संघ (डब्ल्यूएचसीए)को थियो।

ह्वाइट हाउस संवाददाता संघ पत्रकारको एउटा स्वतन्त्र संस्था हो। यो सन् १९१४ मा स्थापित भएको थियो। बाँकी मिडिया संस्था अमेरिकी राष्ट्रपतिसँग सम्बन्धित अपडेट, फोटो, भिडियो र अडियोका लागि यी समाचार एजेन्सीहरुमा निर्भर छन्। ह्वाइट हाउसले पक्षपाती तरिकाले पत्रकार छनोट गर्न नपाओस् र सबैले निष्पक्ष जानकारी पाउन सकून् भनेर प्रेस पुलमा समावेश गरिने पत्रकार वा मिडिया संस्था छनोट गर्ने जिम्मेवारी संघलाई दिइएको थियो। अर्थात्, कुनै पनि राष्ट्रपतिले प्रेस पुलमा आफ्ना मनपर्ने मिडिया संस्था वा पत्रकारलाई मात्र समावेश नगर्ने कुरा सुनिश्चित गर्नु संघको जिम्मेवारी थियो। यद्यपि, यो १११ वर्ष पुरानो संघको भूमिका अब समाप्त भएको छ।

प्रेस सचिव लेभिटले अब उनको टोलीले दैनिक रुपमा प्रेस पुलका सदस्यहरू छनोट गर्ने बताइन्। उनले भनिन्, ‘यसको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश सही स्रोताहरुसम्म पुर्याउनु र प्रेस पुलमा हरेक मुद्दाका विज्ञलाई स्थान दिनु हो।’

लेभिटले पोडकास्टर, सोसल मिडिया इन्फ्लुएन्सर र न्युज कन्टेन्ट क्रिएटर्सलाई पनि प्रेस पुलमा अवसर दिइने बताइन्। उनले यसले प्रेस पुलमा थप विविधता ल्याउने दाबी पनि गरिन्।

ह्वाइट हाउसको यो निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण मानिएको छ। एपी, रोयटर्स र ब्लुमबर्गजस्ता समाचार एजेन्सीहरुले भनेका छन्, ‘हाम्रा समाचार हरेक दिन अर्बौं मानिससम्म पुग्छन्। अमेरिकी सरकारको यो कदमले स्वतन्त्र र सही जानकारीका लागि आफ्नै स्रोत छनौट गर्ने जनताको अधिकारलाई समाप्त पार्नेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS