काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक २.३८ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.१५ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज १६२ कम्पनीको शेयरभाउ बढेको छ भने ८८ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ५ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, श्रीनगर एग्रीटेक र त्रिशुली जलविद्युतको शेयरभाउ १० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयरभाउ करिब १० प्रतिशतले बढेका छन्।

आज कालिका पावरका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउ ६ प्रतिशतले बढीले घटेको छ।

यसैगरी आज बजारमा ९ अर्ब ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। जुन हिजोको तुलनामा बढी हो। यो दिन आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।













