काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।
आज बजारमा ४२ कम्पनीको शेयरभाउ बढ्दा २२९ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका शेयर र डिबेन्चर
- जीबीआईएल डिबेन्चर–८६।८७ः ३५ करोड ५८ लाख रुपैयाँ
- एसबीएल डिबेन्चरः २८ करोड ६५ लाख रुपैयाँ
- बीओके डिबेन्चरः २० करोड ८६ लाख रुपैयाँ
- जीबीआईल डिबेन्चर ८४।८५ः २० करोड १ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १६ करोड १३ लाख रुपैयाँ
- एनएमबि डिबेन्चरः १४ करोड ४० लाख रुपैयाँ
- एडीबीएल डिबेन्चरः १४ करोड १७ लाख रुपैयाँ
- एसियन लाइफको संस्थापक शेयरः ११ करोड ९२ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १० करोड ४१ लाख रुपैयाँ
- एनएमबि डिबेन्चर–८५ः ९ करोड रुपैयाँ












