IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैँअघिको अन्तिम कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ११.५१ बढेर २६६३.५१ को विन्दुमा उक्लिएको छ।

दोहोरो अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक ०.८४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.२८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १७० कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ६९ कम्पनीको शेयरभाउ घट्दा १२ वटाको स्थिर रहेको छ।

बजारमा आज करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २४ करोड ११ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ११ करोड रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड १८ लाख रुपैयाँ
  • एनएमबि बैंकको संस्थापक शेयरः ८ करोड १३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ७८ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः ७ करोड ७५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड ८५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ४१ लाख रुपैयाँ
  • हिम स्टार ऊर्जाः ५ करोड २१ लाख रुपैयाँ
  • मैलिङ खोला जलविद्युत कम्पनीः ४ करोड ९३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS