काठमाडौं । शेयर बजार आज सोमबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका एउटा समूह बढेको छ भने बाँकी १२ वटा घटेको छ। आज उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.८२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ७३ कम्पनीको शेयरभाउ बढ्दा १८८ कम्पनीको शेयरभाउ घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ३८ करोड ८५ लाख रुपैयाँ
- एनबीबीएल डिबेन्चरः २७ करोड ४ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः २२ करोड ८८ लाख रुपैयाँ
- एसवाई प्यानलः २० करोड ९० लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १६ करोड २४ लाख रुपैयाँ
- सिटी होटलः १३ करोड ६५ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः १३ करोड ५४ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ११ करोड ७२ लाख रुपैयाँ
- अपर हेवाखोला हाइड्रोपावरः ७ करोड ८१ लाख रुपैयाँ
- रावा इनर्जीः ७ करोड ६५ लाख रुपैयाँ












