काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज अन्य समूह सर्वाधिक ३.८४ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १८४ कम्पनीको शेयरभाउ बढ्दा ७७ कम्पनीको शेयरभाउ घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ४६ करोड ७६ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ७८ लाख रुपैयाँ
- रिडी पावरः २६ करोड ५ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः २२ करोड २९ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १५ करोड ३५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १२ करोड २ लाख रुपैयाँ
- अपी पावरः ११ करोड ३५ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ११ करोड ९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड १३ लाख रुपैयाँ
- सोल हाइड्रोपावरः ९ करोड १ लाख रुपैयाँ












