काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ३९.४४ प्रतिशतले घटेर २७४४.४० को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। आज म्युचुअल फन्ड समूह बढ्दा व्यापारमा सर्वाधिक २.३३ प्रतिशतको गिरावट आएको छ।
यो दिन बजारमा १३ कम्पनीको शेयरभाउ बढ्दा २५१ कम्पनीको शेयरभाउ घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः १८ करोड ९९ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १८ करोड ९ लाख रुपैयाँ
- रिडी पावरः १७ करोड ३० लाख रुपैयाँ
- शिवम सिमेन्टः १५ करोड ८९ लाख रुपैयाँ
- एसवाई प्यानलः १५ करोड ३३ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १३ करोड ३७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ११ करोड ६५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ११ करोड ४९ लाख रुपैयाँ
- होटल फरेष्ट इनः १० करोड ७४ लाख रुपैयाँ
- अपी पावरः १० करोड २६ लाख रुपैयाँ












