काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ को विन्दुमा पुगेको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने एउटा समूह स्थिर देखिएको छ। आज वित्त समूह सर्वाधिक १.८७ प्रतिशत बढ्दा व्यापार समूह स्थिर रहेको हो।
यो दिन बजारमा २३५ कम्पनीको शेयरभाउ बढेको छ भने २६ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ। यो दिन होटल फरेष्ट इनको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- होटल फरेष्ट इनः १३ करोड ६९ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १३ करोड ६४ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १२ करोड ३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ११ करोड ६३ लाख रुपैयाँ
- रिडी पावरः १० करोड १५ लाख रुपैयाँ
- एसवाई प्यानलः ९ करोड ८४ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ९ करोड ५५ लाख रुपैयाँ
- झापा इनर्जीः ९ करोड ३३ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः ७ करोड ५५ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ७ करोड ४९ लाख रुपैयाँ












